logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेपाल टेलिकमको पूर्वाधारमा क्षति


  • जन आकाश
  • सोमबार, साउन २९ २०८०

काठमाडौं । विगत केही समय यता नेपाल टेलिकमका पूर्वाधारहरुमा क्षति पु¥याउने कार्य निरन्तर रुपमा जारी रहेको छ । यसै क्रममा रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा अवस्थित नेपाल टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकका प्राविधिकबाट क्षति पु¥याइएको र सम्बन्धित गाउँपालिकाको रोहवरमा दुवै पक्षका बीच छलफल भई आगामी दिनमा यस्तो कार्यमा संलग्न नहुने सहमति भएको छ ।



नेपाल टेलिकमको टावर देखि २० मिटर नजिकै अन्य सेवा प्रदायकको समेत टावर निर्माण गरिएको कारण नेपाल टेलिकमको सोलार प्यानलमा अवरोध भइरहेकोमा केही दिन पहिले सोलार पावर सिस्टमको तार समेत काटी क्षति पु¥याइएको थियो । सो सन्दर्भमा नेपाल टेलिकमका प्राविधिकहरुले प्रमाणसहित गाउँपालिकामा जानकारी प्रस्तुत गरेकोमा गाउँपालिकाको रोहवरमा दुवै पक्षकाबीच छलफल गरिएको थियो ।

परिवर्तन गाउँपालिकाका अध्यक्ष शुक बहादुर बुढामगर र प्रमुख प्रशासकीय अधिकृत प्रेम जीएम लगायत दुवै पक्षका बीचमा गत शुक्रबार २०८०/०४/२६ भएको छलफलमार्फत आगामी दिनमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने यस्ता कार्य नदोहो¥याउने सहमति भएको छ ।

भविष्यमा यस्ता गतिविधि दोहोरिएमा प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने समेत जानकारी गराइन्छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend