logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

चिनियाँ सेनाको टोली काठमाडौं आउँदै


  • जन आकाश
  • बुधबार, साउन ३१ २०८०

काठमाडौं । चिनियाँ सेनाको एक टोली आज नेपाल आउँदै छ । चीनको तिब्बत मिलिट्री कमाण्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली आज दिउँसो काठमाडौं आउन लागेको हो ।



चिनियाँ सेनाको टोली तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउन लागेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

चिनियाँ टोलीले प्रधानसेनापति प्रभुराम शर्मा लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सो टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का लगायतसँग पनि भेट्ने स्रोतले बतायो । भेटमा दुई देशबीचको सैन्य सम्बन्ध, सीमा सुरक्षा लगायतका विषयमा छलफल हुने स्रोतले बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend