logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

एमाले सचिवालयको बैठक भदौ ९ गते बस्ने


  • जन आकाश
  • आइतबार, भाद्र ३ २०८०

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सिराहामा बस्ने भएको छ । आगामी भदौ ९ गतेको बैठक सिराहाको धनगडीमाई नगरपालिका तत्कालिन विष्णुपरकट्टी गाउँपालिकामा बस्ने तय भएको एमाले केन्द्रीय सचिव समेत रहेका नेता योगेश भट्टराईले जानकारी दिए ।



पञ्चायतकालमा एमालेको चौथो महाधिवेशन समेत भएको उक्त स्थानमा सचिवालय बैठक बस्न लागेको हो । बैठकको तयारीबारे छलफलका लागि महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराईसहितका नेताहरु विष्णुपुर कट्टी पुगेका थिए ।

सोही स्थानमा २०४६ सालमा भएको एमालेको चौथो महाधिवेशनले मदन भण्डारीलाई महासचिव चयन गरेको थियो । उक्त स्थानमा एमालेले कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं वर्ष पुगेको अवसरमा स्तम्भ समेत बनाउने तयारी गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend