logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

खुस्किदै गएको नेपालको अर्थतन्त्र कसले जोगाउने ?


  • जन आकाश
  • मंगलबार, भाद्र ५ २०८०

मोहन कार्की ।
समसामयिक टिप्पणी
यतिवेला नेपालका मानिसहरु अर्थतन्त्र ओरालो लागेको कुरा गरिरहेका छन् । अर्थतन्त्र ओरालो लागेको बताउदै चोक चोकमा व्यापारीहरु कुरा गरेर बसेका भेटिन्छन् । राजनीतिक पार्टीहरुलाई देशको मूख्य विषयहरुमा चासो, चिन्ता कतै देखिदैन । उनिहरु मध्य कुन पार्टीको कुन मन्त्रीले सरकारमा भएको बेला सस्तो लोकप्रीयताको लागि स्टन्ड गर्ने भन्ने वाहेक अरु काम अपवादमा वाहेक गरेका छैनन् ।



अहिलेको अवस्था पनि यहि नै हो । नेपालको अर्थतन्त्र ओरालो लागेको बिषयमा सरकारमा भएका पार्टी, नेता, मन्त्री सवैले स्वीकार गरेकाछन् । तर दिर्धकालीन रुपमा देशको अर्थतन्त्र कसरी बलियो बनाउने भन्ने ध्यान कसैले दिएको पाइदैन । त्यो नत २००७ सालमा परिवर्तनका लागि भनेर दिल्लीका आर्शिवाद पाएका नेता कार्यकर्ताहरुले नेपालमा आएर सरकारको नेतृत्व गर्नेहरुले गरे नत २०४६ सालको परिवर्तन भन्ने पार्टीहरुले नै नेपाललाई औद्योगिककरण गर्नमा जोड दिए कसैले पनि त्यो नेपालको धरातल बलियो बनाउने काम गरेनन् ।

महेन्द्रकालीन शासन व्यावस्थामा २०१७ देखि २०२६ सालसम्म पाँचै विकास क्षेत्रमा औद्योगिक क्षेत्र घोषणा गरेर गरेका काम नेपालको औद्योगिक विकासमा नेपाललार्ई आत्मनिर्भर बनाउन प¥यास भएको देखिन्छ ।
त्यस्तै राणकालीन कालमा नै फर्पिङ–सुन्दरीजल जलविद्युुत आयोजना बनाएर नेपाललाई आधुुनिक विकासमा लान शुुरु गरेको ईतिहास भेटिन्छ । राणाकालीन अवस्थामा नै नेपालको सवैधानिक अभ्यास गर्न जंगबहादुुरले वेलायत भ्रमणको वेला वेलायतवाट संविधान ल्याएर अध्ययन गर्न लगाई नेपालमा संवैधानिक काम गरेको ईतिहासमा उल्लेख छ । त्यसैगरी राणाकालीन शासन व्यावस्थामा नै चन्द्रगिरी नहर निर्माण गरेर तराईम कृषिको विकासमा काम गरेको भेटिन्छ । विराटनगर जुुटमिल राणाकालीन व्यवस्थामा नै स्थापना भएको रहेछ । नेपालमा प्रेसको विकास जंग बहादुर राणाले गिद्दे प्रेस वेलायतवाट ल्याएर राष्ट्र बैकका छपाईका सामान छपाउन शुरु गरेर नेपालको प्रेसको विकासमा राणाहरुको योगदान देखिन्छ । तराईका उर्वर क्षेत्रमा राइश मिल खोलेर किसानले उत्पादन गरेका धान, गहुु प्रशोधन गरी नागरिकहरुलाई सुविधा त्यतिवेलाका राणकालीन व्यवस्थाले नै सुरक्षित गरेको देखिन्छ । दोस्रो विश्वयुुद्धमा भोकमारीको संकटमा गुुज्रेको दक्षिण कोरियालाई सन् १९६१ मा नेपालले खाद्यन्न सहयोग गरेको ईतिहास नेपालको छ ।

महेन्द्रकालीन साशनकालमा स्थापना भएका बालाजु कपडा उद्योग, बासवारी छालाजुुत्ता कारखाना, हेटौडा कपडा उद्योग, तराईको रेशमी खेती, बुटवलको धागो कारखाना उद्योग, नवलपरासीको काजग उद्योग, ललितपुरमा रहेका कपडा बुन्ने टेक्सटायलहरु रहेका थिए ।

देशलाई टाट पल्टाउने परिवर्तन ।
जव २००७ सालदेखि परिवर्तनको नाम लिएर प्रजातन्त्र अलाप्न थाले राजनीतिक पार्टीहरुले नेपालको उद्योगति त्यहिवाट शुरु भएको देखिन्छ । त्यहि २००७ देखि २०१७ सालसम्म प्रजातान्त्रिक व्यावस्था भनिएको सरकारले गरेका २०११ सालमा कोशी सम्झौता, २०१६ सालमा गण्डक सम्झौता भईसकेको थियो । यसले अन्तरष्ट्रिय रुपमा नेपालको आफ्नो पूूर्ण स्वामित्व रहेका नदी नालाहरु भारतले अधिकार खोस्ने सहमति गरेको थियो । परिवर्तनमा देशको सुुरक्षा, देशको आत्मनिर्भरता बलियो हुनुुपर्नेमा उल्टै कमजोर भएको थियो । यसको निरन्तरता रहने हो भने देशको अस्तित्व नै समाप्त हुुने खतरा देखेर तत्कालीन श्री ५ वडा महाराज धिराज महेन्द्र बिरबीक्रम शाहले राजनीति एक्सन लिएर २०१७ सालमा नेपालको अस्तित्व रक्षाको लागि काम गरेका थिए भन्ने भनाई राजावादी खेमाहरुको छ ।

त्यसपछि २०४६ सालको परिवर्तन अर्थात संयुुक्त जनआन्दोलन नाम दिएको व्यावस्था पछि नेपालका उद्योग कलकारखाना नीजिकरण गर्दै एकपछि अर्को गरी देशका नागरिकहलाई बेरोजगार बनाउने काम बहुुदलीय व्यवस्थाले गरेको देखिन्छ । जुन व्यवस्थाले देशको उद्योग कलकारखान सिद्धयायो त्यही व्यवस्था र पार्टीहरुलाई ठिक मानेर बस्ने नेपालीहरुको भीड ठुलो देखिन्थ्यो । त्यहा नजिकै रहेको छिमेकी भारतको साथ नेपाली काँग्रेस, एमालेलाई रहेको थियो । त्यसो भन्ने आधार पनि छ । काठमाडौको गणेशमान सिंहको च्याक्सीवारी र विपी कोइरालाको निवास बिराटनगरमा भारतीयहरु आएर हामरे आन्दोलन आगे बढे हे नै रोकिङगे जस्ता नारा लगाएर बहुुदल ल्याइएको थियो । जसले नेपालको विकासमा टेवा पु¥याउने राणकालीन व्यवस्थालाई गाली गर्ने र देशको विरुद्ध सन्धि सम्झौता गर्नेहरुलाई वा वा भन्ने नेपाली समाजको आन्दोलनले नेपालको अर्थतन्त्र त्यतिवेला देखिनै भत्काउन थालेको देखिन्छ ।
त्यसैको असर अहिले सत्तामा नेतृत्व गरिरहेको माओवादी पार्टी २०५२ सालपछि माओवादी पार्टीका नेताहरु सवैजति भारतमा आश्रय लिएर नेपालमा हिंसाको राजनीतिको बिउ रोपेर नेपाललाई भारतीय बारुद्ध किनेर नेपाललाई मरुभुुमिका परिणत बनाउदै अधिकारै अधिकारका कुरा गरेर सत्तामा आएका थिए । उनिहरुलाई सत्तामा ल्याउन पनि भारतको दिल्लीमा माओवादी सहित आठ दलीय गठबन्धनलाई २०६२ साल मंसिर ७ गते १२ बुुदे सम्झौता गराई नेपालको राजतन्त्र विरुद्ध मोर्चावन्दी गर्न सहयोग गरेको थियो ।

त्यसपछि एकपछि अर्को गर्दै अस्थिरताका अवयवहरु जारी नै छन् । नेपालको पहिलो उद्योग विराटनगर जुुटमिल परिवर्तनको पनि धेरै परिवर्तन मानिएको गणतन्त्र व्यावस्था स्थापना भएको ५ बर्षपछि बन्द गरी त्यस उद्योग स्थापना कालमा नेपालका कालीगढहरुको सीपमा उत्पादन भएको ईटा समेत बेचेर त्यहा हजारौ कर्मचरीहरुले पाईहरेको रोजगार खोसेका छन् ।

माथि उल्लेखित बिषयको फेरिस्त पढेपछि नेपालको अर्थतन्त्र कसरी किन कमजोर भयो भन्ने ज्ञान प्रष्टसँग खुुल्यो होला । किनकी नेपालले निर्यात गर्ने बस्तु नै केही छैन । सामान्य तामाको तार, जडीबुटीको केही कच्चा पदार्थ, वाहेक भरभरका सामानहरु विदेशवाट आयात गरेर प्रयोग गर्नुपर्छ । यो अवस्थामा देशलाई पुु¥याउन कुन कुन पार्टीका नेताहरु कसरी प्रयोग भए ? क्रान्त्रिका नाममा देशको अर्थतन्त्र कसरी ध्वस्त हुदो रहेछ । अर्थतन्त्र कमजोर भएपछि देशको अस्तित्व जोगाउन मुक्किल हुुदोरहेछ भन्ने हेका राखेर मात्र विद्रोह, क्रान्त्रि गर्नुपर्दोरहेछ भन्ने ज्ञान नेपालीहरुलाई आउनुुपर्छ ।

यतिवेला नेपालमो अर्थतन्त्रमा आएको असर २००७ सालदेखि शुरु भएको विदेशी डिजाईन एकपछि अर्को त्यतिवेला देखि षयन्त्र गर्दै यतिवेला नेपालीहरुलाई कमजोर बनाएर स्वार्थ सिद्ध गर्ने अवस्थामा पुुगेको छ ।
नेपालीहरु यतिवेला निक्कै संवेदनशील भएर नेपालको अर्थतन्त्र कमजोर भएको वेलाको संकटवाट पार गर्न हाम्रा बानी व्यहोराहरु बदल्नुुपर्छ । आत्मनिर्भर के केमा हुन सकिन्छ ।अनाआवश्यक खर्च कसरी रोक्न सकिन्छ । त्यो अपनाउनुुपर्छ । कृषि–पर्यटन– जलविद्युुत हाम्रा सम्भावना बोकेका क्षेत्रलाई दिर्धकालीन नीति बनाएर अगाडी जान ढिलो गर्नुहुदैन । यस्तो काम अहिलेका नयाँ सोच राखेर देश बनाउछु भन्ने युवा शक्ति र देश बनाउने सपना बोकेका निष्ठावान राजनीति गरिरहेका भुुक्तभोगी तर अवसरवाट सधै बञ्चित गरिरहेका अनुुभवि पुस्ताहरुको एकतावाट देशको निकास खोज्नुपर्ने वेला आएको छ । यो काम सवै नेपाली मिलेर गरेमा मात्र सम्भव छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend