logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

प्रतिनिधिसभाको बैठक बस्दै


  • जन आकाश
  • बिहिबार, भाद्र ७ २०८०

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बिहीबार) पनि बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बिहीबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।



यसअघि बुधबार लामो समयको अवरोधपछि बैठक सञ्चालनमा आएको थियो । एमालेको मागअनुसार सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने सहमति पछि संसदको अवरोध हटेको थियो ।

उक्त बैठकले ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ दफावार छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सो बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गरिएको विषय पनि जानकारी गराइएको छ ।

त्यस्तै, बैठकले १० वा सोभन्दा बढी दिनसम्म बैठकमा अनुपस्थित भएका सांसदको अनुपस्थितिको सूचना पनि स्वीकृत गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend