logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा


  • जन आकाश
  • बिहिबार, भाद्र ७ २०८०

तनहुँ । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । बिहीबार बिहानदेखि पहिरोका कारण अवरुद्ध बनेको सडक केहीबेर सञ्चालनमा आएको हो ।



जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार म्याग्दे गाउँपालिका वडा नम्बर ६ मौरी बजार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा अबिरल बर्षाको कारण सडक माथिबाट पहिरो खस्न जाँदा दुई तर्फी बाटो अवरुद्ध भएको थियो ।

स्थानिय पालिका, बिपत् व्यवस्थापन प्रहरी टोली तथा स्थानीयहरुको निरन्तर २ घण्टा ३० मिनेटको सक्रियतामा राजमार्ग सडक पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहन बहादुर खाँणले जानकारी दिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend