जन आकाश
काठमाडौ । मिति २०८० साल भदौं ७ गतेदेखि १३ गतेसम्म नेपालकै सबैभन्दा स्तरीय र बृहत कला प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा हुन गइरहेको छ । हिमालयन आर्ट फेस्टिभल नाम दिइएको उक्तप्रदर्शनी ई–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तर रुपमा हरेक वर्ष नेपालीहरुको महान् चाड दर्शैको अवसर पारेर आयोजना गर्दै आइरहेको छ । ई–आर्टस् नेपालका सह—संस्थापक आशा डङ्गोल हिमालयन आर्ट फेस्टिभलको विषयमा यसरी यसरी बताउछिन्, ‘दशैंमा धेरै मेलाहरुको आयोजना भइरहेको हुन्छ । नेपाली कलाको कमि थियो, त्यहि अवस्थालाई मनन् गर्दै नेपाली कलाकारहरुको समकालिन अवस्था र प्रोत्सानका साथ सन् २०१७ देखि यो फेस्टिभलको आयोजना गर्दै आइरहेका छौ ।’
नेपाली कलाकृति नेपालीहरुकै घरमा सजिउन् भन्ने उद्देश्य पनि यस प्रदर्शनीले बोकेको कुरा कलाकार डंगोल भनाई रहेको छ । पहिला पहिला नेपाली कलाकृति किन्न गाह्रो हुन्छ भन्ने थियो, तर अहिले आकर्षक मूल्यमा मध्यम वर्गिय परिवारलाई लक्षित गरी यस कला प्रर्दशनी गर्न गरिएको उनि बताउछिन् । करिब ८० भन्दा बढी कलाकारहरुले आप्mनो कला प्रदर्शनीमा राखेका छन् । नेपाली कलाकारहरुको कलाको स्तर मापनको लागि समेत यस प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने कुरा समेत सहभागी कलाकारहरु भनाई छ । किनकी यस प्रदर्शनीमा नेपालका कलाक्षेत्र कुन ठाउँमा छ भनेर बुझ्न समेत यस प्रदर्शनीले मदत गर्दछ । कलाको विकासलाई हेर्ने आधार समेत यसले तय गर्न सक्छ ।
सन् २०१७ मा समसामयिक चित्रकलार मूर्तिहरुबाट शुरु गरिएको यस फेस्टिभलमा जम्मा ५० जना कलाकारहरुले भाग लिएका थिए । त्यसपछि २०१८ देखि काठमाडौं उपत्यकामा रहेका कलाकारहरुका विभिन्न संस्थाहरुसँग कुराकानी गरेर उहाँहरुको सहयोग लिँदै थपकलाकारहरु थप्दै गएको कलाकार डंगोल को भनाई छ । यहि कारणले गर्दा पनि यो कला प्रदर्शनी एक बृहद सामुहिक मेलाको रुपमा वर्षेनी आयोजना भइहरहेको छ । डंगोलको भनाई हो ।
अहिले हुने प्रदर्शनीमा कलाका विभिन्न विधालाई समेटिएको छ । नेपाली बरिष्ठ कलाकारहरु देखि वर्तमानका पुस्ताका कलाकारहरुको कामलाई प्रदर्शनीमा राखिएको छ । विधागत हिसावले हेर्ने हो भने‘टु डी’ र ‘थ्री डी’ डाइमेन्सनका कलाहरु यस प्रदर्शनीमा समावेश गरिएका छन् । कलाकारहरुः कृष्ण मानन्धर, किरण मानन्धर,शशिकला तिवारी, राजन काफ्ले, आशा डंगोल, एरिना ताम्राकार, भाइराज मर्हजन,प्रदिप बज्राचार्य, प्रमिला बज्राचार्य, बिनोद प्रधान, जुपिटर प्रधान, विधाता के.सी, सागर मानन्धर, उजय बज्राचार्य, सरिता डंगोल आदिदेखि हालका युवा कलाकारहरुमा इशान परियार, सविता डंगोल,सुजन डंगोल, मुना भडेल लगायत करिब ८० जना कलाकारहरुको कलाकृति एउटै थलोमा हेर्न सकिन्छ ।
प्रदर्शनीको अर्को आकर्षण भनेको एक जना वरिष्ठ कलाकारलाई एउटा छुट्टै स्थान बनाएर उहाँको कलाकृतिलाई त्यहाँ राखिने कार्यक्रम समेत सन् २०१९ देखि गर्दै आइरहेको ई–आर्ट्स नेपालका सह—संस्थापक भाइराज मर्हजन को भनाई छ । यस पाली भने उक्त स्थानमा कलाकार वरिष्ठ मूर्तिकार प्राध्यापक गोविन्द नारायण ज्यापुका कलाकृतिलाई प्रदर्शनीमा राखिएको आयोजकले बताएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend