जन आकाश
काठमाडौं । एकेडेमी अफ क्यापासीटी डेभलपमेन्ट अफ नेपाल ACDN र अन्तर्राष्ट्रिय स्तरको भारतको अग्रणी व्यावसायीक संस्थाहरू मध्येएक, KPMG In India ले नेपालमा आईएफआरएस IFRS, वित्त तथा लेखा(Finance and Accounting) व्यवसायीक सहकार्य -Business Partnering) तथा डिजिटल विश्लेषण -Digital Analytics_ लगायतको क्षेत्रमा गतिशील सिकाइ र क्षमता विकासका कार्यक्रमहरू संयुक्त रुपमा सञ्चालन गर्न सहकार्य गर्ने घोषणा गरेका छन् । क्षमता विकास कोर्षहरु सञ्चालन गरि व्यक्तिगत र संस्थागत सीप तथा ज्ञान वृद्धि गर्नु यस साझेदारीको प्रमुख उद्देश्य रहेको छ ।
यस सहकार्यको घोषणाले नेपालको वित्त तथा लेखा प्रणाली क्षेत्रकोनिरन्तर सिकाइ र क्षमता अभिवृद्धिको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । यस समझदारीमा केपीएमजी(KPMG In India)का तर्फबाट Associate Partner,, शुभ्रो भट्टाचार्य र एसीडएनका तर्फबाट संस्थाका प्रबन्ध निर्देशक नारायण सुन्दर सिल्पकारले भर्चुअली हस्ताक्षर गर्नु भयो ।
यस साझेदारी अन्तर्गत सिकाइ विकास र प्रवाहमा विज्ञको रुपमा परिचित केपीएफजी (KPMG In India) ले वित्त तथा डिजिटल क्षेत्रमा लामो अनुभव भएका विशेषज्ञहरुको समूहले स्थापना गरेको नेपालकोप्रमुख प्रशिक्षण संस्थाहरू मध्येएक, एकेडेमी अफ क्यापासीटी डेभलपमेन्ट अफ नेपाल ACDNसँग सहकार्य गर्ने छ । यस सहकार्यको मूख्य उद्देश्य नेपालमा IFRS,वित्त तथा लेखा, व्यवसायी सहकार्य तथा डिजिटल विश्लेषण लगायतको क्षेत्रमा क्षमता विकासको विभिन्न कोर्षहरुको सञ्चालन गराउने रहेको छ । यी कोर्षहरु डिजिटल, भौतिक वा संयुक्त रुपमा नेपालको आवश्यकता अनुसार सञ्चालन गरिने छन् ।
यस रणनीतिक समझदारी बारेमा टिप्पणी गर्दै,शिल्पकारले भन्नुभयो, ACDN / KPMG In India बीचको सहकार्यले नेपालको सिकाइ र क्षमता अभिवृद्धि परिदृश्यमा गहिरो प्रभाव पार्ने लक्ष्य राखेको छ । दुवै संस्थाको सामूहिक विशेषज्ञता र स्रोतहरू प्रयोग गरेर यस समझदारीले तालिम प्रदान गर्ने लक्ष्य राखेको छ । साथै, यस समझदारीले मापनयोग्य सीपहरू, परिणाममुखी सिकाइ कार्यक्रमहरू र वास्तविक विश्वस्तरका आवश्यकताहरू सम्बोधन गरि व्यक्ति र संस्थाहरूलाइ आफ्नो दक्षता बढाउन र राष्ट्रको विकास र सफलतामा योगदान दिन क्षमता प्रदान गर्नेछ ।”
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend