जन आकाश
मोहन कार्की ।
काठमाडौ । बागमती महा जात्रा नाम दिएको कार्यक्रम आज बागमती किनार थापाथलीमा शुरु भएको छ । उक्त अभियानमा जोडिन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन पनि आईपुगेका थिए । बिभिन्न धर्म मान्ने धर्म गुरुहरुले पुजा गरेर बागमती सफा अभियानमा भाग लिएका छन् । शिक्षक, विद्यार्थी, संघ, संस्थाका पदाधिारीहरु, स्थानीय, वातावरण संरक्षण संघ, संस्थाहरु, सञ्चारकर्मी, बागमती सरक्षण अभियान्तहरु, थापाथलीमा जम्मा भई ¥याफ्टिङमा समेत सहभागी भएका थिए । बागमती नदी महोत्सव २०८० महा जात्रा नाम दिएको कार्यक्रमको हिजो मात्र पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो ।
त्यस पत्रकार सम्मेलनमा “काठमाडौको समृद्ध सभ्यतालाइ यहि नदिले जन्माएको” भनेर अभियान्तहरुले जानकारी गराएका थिए । बागमती जस्तै नेपालमा अन्य दुर्लव नदीहर रहेको जस्तै काली गण्डकी, कर्णाली, जस्ता नदीहरु पनि सरक्षण गर्नुपर्ने बताएका थिए । पत्रकार सम्मेलनमा पर्याटन वोर्डको सहयोग विगतमा पनि भएको र आउदा दिनमा पनि रहने पर्याटन वोर्डका प्रतिनिधिले बताएका थिए ।
नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज(नारा) बागमती सफाई अभियान, वातावरण सरक्षण सघ सस्था, रिभर गाइडहरु, लगायत उपस्थितिमा ¥याफ्टिङ चलाएर मनोरञ्जन समेत दिइएको थियो ।
फोटोको स्रोत,प्रदीप कुमार श्रेष्ठ


© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend