logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

जन आकाश साप्ताहिक स्थापनाको १६ औं बर्षिकोत्सव भव्यताका साथ सम्पन्न


  • जन आकाश
  • शनिबार, भाद्र ९ २०८०

–जयराम बिडारी



काठमाडौं । सत्य तथ्य र प्रभावकारी समाचार सम्प्रेषित गर्दै आएको जन आकाश साप्ताहिकले आफ्नो स्थापनाको १६ औं बार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।
बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा एक विशेष समारोहको आयोजनामा उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यता तथा जनआकाश पत्रिकाका अध्यक्ष मोहन कार्कीको अध्यक्षतामा वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरिएको थियो ।

सो अवसरमा ‘कति राम्रो रामेछापको सिन’ लोक गीतको लोकार्पण समेत गरिएको थियो । गीतको लोकार्पण गर्दै उपसभामुख रानामगरले भन्नुभयो, ‘म पनि रामेछापका विभिन्न भूभागमा पुगेको छु । त्यहाँको भूगोल अत्यन्तै राम्रो छ । यो गीतमा पनि रामेछापको भूगोलको वर्णन गरिएको रहेछ । कलाकार भाइबहिनीहरूले राम्रो अभिनय गरेर नेपालको मौलिक संस्कृति झल्कने गरी देखाएको छ ।’ जनआकाश मिडियाले ल्याएको लोकगीतले समग्र नेपालीहरूको मन जित्ने छ भन्दै उहाँले प्रशंसा गर्दै उपसभामुख रानामगरले सञ्चार क्षेत्र निष्पक्ष र सन्तुलित हुन नसकेको टिप्पणी गरेकी छन् । जनआकाश साप्ताहिकद्वारा आयोजित स्रष्टा सम्मान तथा १६औं वार्षिकोत्सव समारोहमा उनले लोकतान्त्रिक मुलुकमा नागरिक अधिकार संरक्षण गर्न सञ्चार क्षेत्र राज्यका सबै निकायको प्रभावबाट मुक्त भएर तटस्थ हुनुपर्नेमा जोड दिईन् । साथै समाजमा भएका सत्यतथ्य घटनालाई सञ्चारकर्मीले जस्ताकोतस्तै देखिने गरी ऐनाको भूमिका निर्वाह गर्नुपर्ने बताईन् । आमसञ्चार सबै पक्षको साझा संस्था र पत्रकारिता दोस्रो संसदको रुपमा रुपमा स्थापित हुनुपर्नेमा जोड दिँदै उनले पत्रकार कुनै पनि हालतमा राजनीतिकरूपमा विभक्त हुन नहुने बताईन् ।

अर्को प्रशङ्गमा उपसभामुख रानामगरले “यति ठूलो कार्यक्रम गरी मोहन जीले समाजमा योगदान पुर्याएका व्याक्तित्वहरुलाई सम्मान गर्दै हुनुहुँदोरहेछ । मैले पनि अनाथ स—सना नानीबाबुहरुलाई ल्याएर पालेर हुर्काउने काम गर्ने गरेको छु । मैले ३३ वर्ष समाजसेवा गरेको कारण धेरै अवार्डहरु पाएँ । तर नेपाल सरकारले दिने अवार्ड कहिल्यै पाईनँ । रानामगरले थपिन ‘मलाई राजनीतिमा आउन त्यति मन थिएन ब्यर्थै राजनीतिमा लागेको जस्तो शुरु शुरुमा भएको थियो ।
तर पछि बुझ्दै जाँदा महिला दिदीबहिनीहरुले राजनीतिमा आउनुपर्ने रहेछ । त्यहाँ महिलाका नीतिका कुरा लागू गर्नलाई नानी बोकेर हुन्छ के गरेर सम्भव हुन्छ त्यो आँट महिला दिदीबहिनीहरुले गर्नैपर्छ” भन्दै उपस्थित महिलाहरुतिर ईगित गर्दै हौशला प्रदान गरेकी थिइन् ।

त्यैगरी अतिथिको रुपमा कार्यक्रममा आएका नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शन्तराम विडारीले साना लगानीका मिडियालाई सरकारले संरक्षण गर्न नसक्दा अन्य ठूला मिडियाले प्रवाह गरेका सूचना तथा समाचार पत्याउनुपर्ने तर ती समाचार सहि सत्य वा निष्पक्ष हुन्छन् भनेर यकिन गर्न नसकिने अवस्था आएको बताए । यस्तो अवस्थाको अन्त्य गर्न स्वदेशी स्वनिर्भर पत्रपत्रिकालाई जोगाउन सरकारले उपर्युक्त भूमिका खेल्नुपर्नेमा उनको जोड थियो ।
शुभकामना दिने क्रममा टानका निवर्तमान अध्यक्ष तथा नेपाल पर्यटन विद खुम बहादुर सुवेदीले व्यासायिका समस्या निक्कै विकाराल छन् । यसको समस्याको सावधान सरकारी पक्षबाट हुनुपर्ने र पर्यटनलाई प्रथामिकता दिएर नेपालको अर्थतन्त्र सुधार्न सकिने बताएका थिए ।

उक्त कार्यक्रममा जनआकाश मिडियाका अध्यक्ष मोहन कार्कीका सफलका कथालाई मार्मिक रुपमा प्रस्तुत गरिएको थियो । साथै जनआकाश मिडिया स्थापनाको दशौं वर्षदेखि वार्षिकोत्सव मनाउने क्रममा समाजका विविध क्षेत्रमा दक्षता हांशिल गरिएका व्यक्तितवहरुलाई योगदानका आधरमा सम्मान गर्न थालिएको र निरन्तर रुपमा सम्मानित गरिने कुरा अध्यक्ष कार्कीले बताएका थिय ।समाजका बिभिन्न क्षेत्र बित्तिय साहित्य ,पत्रकारिता बहुआयामिक प्रतिभा लगायत लोकबिधा, ‘कति राम्रो रामेछापको सिन’ गीतमा अभिनय गर्ने कलाकार, गायक, गायिका संगीतकार, तीज गीत ,सुसेली साहित्य लगायत,समाजसेवी समेत गरि योगदान दिएका १५ विधाका व्यक्तित्वहरु सम्मान तथा जनआकाश मिडियाले यो बर्ष मात्र दुुईवटा म्युुजिक भिडियो निर्माण गरेको थियो । ति म्युुजिक भिडियो निर्माण गर्ने क्रममा योगदान दिएका संगीतकार, गायक, गायिका तथा अभिनय गरेका अभिनेत्री, अभिनेता तथा कोरियोग्राफी, रचनाकार, लगायतलाई कदर–पत्रले सम्मान गर्नुका साथै बिशिष्ट अतिथि तथा अतिथि हरुलाई मायाको चिनोले सम्मानित गरिएको थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्तराम विडारीले जनआकाश साप्ताहिकलाई शुभकामना दिँदै जनआकाश जस्ता साना लगानीका मिडियाहरुलाई सरकारले संरक्षण गर्न नसक्दा अन्य ठुला भनिएका मिडिया जे भ्रम छर्यो त्यो नै सत्य होकी भनेर जनताले पत्याउनुपर्ने अवस्था छ । यस्तो अवस्थाको अन्त्य गर्न स्वदेशी स्वनिर्भर पत्रपत्रिकालाई जोगाउन सरकारको मूूख्य भूमिका हुनुपर्नेमा जोडदिनुभयो ।

कार्यक्रममा वित्तिय, साहित्य, लोकगीत, मोडल, पत्रकारिता, समाजसेवी, बहुआयामिक प्रतिभा गरी १५ विद्याका व्यक्तित्वहरुलाई सम्मान तथा ‘कति राम्रो रामेछापको सिन’ गीतमा अभिनय गर्ने कलाकार, गायक, गायिका, संगीतकार, सुसेली तीज गीतमा भाग लिएका सुसेली साहित्यकारहरुलाई कदर—पत्र र विशिष्ट अतिथि, विशेष अतिथि तथा अतिथिहरुलाई मायको चिनोले सम्मानित गरिएको थियो ।

सम्मान प्राप्त गर्ने व्याक्तित्वहरुको नामवली यस प्रकार छ ।

पुुर्व वरिष्ठ डेपुुटी गर्भनर तथा संचालक नेपाल राष्ट्र बैकका व्यक्तित्वलाई बित्तिय विज्ञ तथा साहित्यकार सम्मान
डा.मधुसूदन गिरी वरिष्ठ साहित्यकार तथा प्राज्ञ सम्मान
दिव्य ध्वज कार्की बहुु आयामिक व्याक्तित्व सम्मान
रामचन्द्र लामगाधे राष्ट्र सेवक तथा साहित्यकार सम्मान
प्रदीप कुमार श्रेष्ठ वरिष्ठ फोटोग्राफी पत्रकार सम्मान
होम बहादुर थापा राष्ट्र सेवक सम्मान
बसन्त बकसी कम्युनिकेशन एण्ड ब्राण्डिङ सम्मान
ईश्वरी वाग्ले वरिष्ठ पत्रकारिता सम्मान
चन्द्रवती अधिकारी सुुसेली विधा सम्मान
यमन खनाल स्रस्टा तथा कलकार सम्मान
प्रकाश (घायल) सहित्य सम्मान
मनि कुमार सुनुवार खेलकुुद सम्मान
बिजेन्द्र नौवागे कलाकार तथा स्रष्टा सम्मान
पार्वती कार्की लोक गायिका सम्मान
शकर बरुवाल युवा पत्रकारिता सम्मान

धन्यवाद प्राप्त गर्ने व्याक्तित्वहरुको नामवली यस प्रकार छ ।

डा. बम बहादुर थापा जिताली,डा. सैलेन्दु प्रकाश नेपाल, दुुर्गा अधिकारी (भमरकोटे) दामोदार ढकाल (दीपक)
उनिहरुले जनआकाश मिडियाले आयोजना गरेको सुसेली तीज गीत प्रतियोगितामा निर्णायक भुमिका निर्वाह गरेका थिए ।

जन आकाश मिडियाले निर्माण गरेको २०७९ दशै तिहार गीतमा स्वर दिने गायक गायिकाहरु उषा गजुुरेल, विनोद दनुुवार, सोही गीतका रचनाकार डा.अमर कार्की हाल अमेरिकामा भएका कारण उपस्थित हुन सकेको थिएनन् । त्यसैगरी जनआकाशले नै निर्माण गरेको कतिराम्रो रामेछापको शिन गीतको रचनाकार विनोद कार्की गीतमा स्वर दिने गायक शिवसागर खड्का, गायिका शान्ति श्री परियार, गीतको भिडियो निर्माणमा कोरियोग्राफर कृष्ण रसाल, भिडियो सम्पादक प्रेम शर्मा पौडेल, निर्देशक ः मोहन कार्की,संगीत, ÷ संगीत संयोजन ः रामकृष्ण थापा
(वरिष्ठ तृत्य निर्देशक) गोविन्द प्रभात

अभिनय गर्ने कलाकारहरु
कल्पना कार्की,सविना गरवुजा,करिशमा पुन,नरेस पुन,केशव पुन,विनिता भण्डारी,लक्ष्मण नेपाली,कविर श्रेष्ठ,सविन गुरुङ्ग,
मनिका जुग्जाली
मोकअप आर्टिष्ट ः उर्मिला लामा

२०८० तीज सुुसेली गीत प्रतियोगितमा सहभागी साहित्यकारहरु लेखकहरुको नामवली यस प्रकार छ ।

१) चन्द्रावती अधिकारी । कोहलपुर । उनको उत्कृष्ट सुसेली तीज गीत हुन सफल सोही गीतलाई जनआकाश मिडियाले निर्मााण गरेर बजारमा ल्याउदै छ ।
२) भवानी घिमिरे । सर्लाही ।
३) डा. सीता सुवेदी पन्थी । बालकोट ।
४) सुधा बास्कोटा ढकाल । बल्खु ।
५) ललिता दोषी । बुद्धनगर ।
६) कल्पना अधिकारी भट्टराई । गोंगबु ।
७) प्रभा पोखरेल । अमेरिका ।
८) इन्दिरा रेग्मी । काठमान्डौं ।
९) सुशीला ढकाल अधिकारी श्री । बानियाँटार ।
१०) गङ्गा आचार्य सापकोटा । काठमान्डौं ।
११) सुमित्रा श्रेष्ठ । बौद्ध ।
१२) सुचिता काफ्ले । सुकेधारा ।
१३) राधिका पुरी सानु । ललितपुर ।
१४) पुनम घिमिरे । गोकर्णेश्वर ।
१५) रमा आचार्य । चितवन ।
१६) सविता केसी । दक्षिणकाली ।
१७) गीता अर्याल । हाँडीगाउँ ।
१८) गङ्गा लिगल । काठमान्डू ।
१९) सफलता न्यौपाने । टोखा ।
२०) भवानी मैयाँ पन्त । तारकेश्वर ।
२१) सविता दवाडी । पोखरा ।
२२) चन्द्रा न्यौपाने । टोखा ।
२३) तिला लेकाली । मोरङ ।
२४) शारदा गौतम आचार्य । ललितपुर ।
२५) विमुन्स पौडेल । गोंगबु ।
२६) सरिता थापा मगर । काठमान्डु ।
२७) रीता थपलिया । कपन ।
२८) उर्मिला पन्त पाण्डे । ज्ञानेश्वर ।
२९) अम्बिका अधिकारी । झापा ।
३०) यशोदा गिरी । भक्तपुर ।
३१) सुशीला पौडेल । कोटेश्वर ।
३२) कमला देवकोटा । बुढानीलकण्ठ ।
३३) बिनुबाबा घिमिरे । बल्खु ।
३४) जानुका थापा रायमाझी । गोल्फुटार ।
३५) विमला ढकाल । काठमाडौं ।
३६) सानु शर्मा । बाफल ।
३७) उषा केसी । ललितपुर ।
३८) जमुना कायस्थ । पोखरा ।

स्ुसेली तीज गीत प्रतियोगितामा ३८ जना सहभागि भएका थिए जसमा एकजना अमेरिकावाट समेत सहभागी भएकी थिइन् ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend