logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जाम घटाउने लक्ष्यसहित ललितपुर महानगरले सुरु गर्‍यो ‘समानान्तर पार्किङ’


  • जन आकाश
  • आइतबार, भाद्र १० २०८०

ललितपुर । ललितपुर महानगरपालिकाले आजदेखि समानान्तर पार्किङ सुरु गरेको छ । ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले आजदेखि सडकको एकपट्टि समानान्तर पार्किङ सुरु गरेको रातोपाटीलाई जानकारी दिए ।



उनका अनुसार यसअघि सवारीलाई सडकमा छड्के पारेर राख्ने गरिएको थियो । जसले गर्दा बाटोको आधा भाग डाक्दै आइरहेको थियो । हाछेथुले छड्केरुपमा गाडी पार्किङ गर्दा सडकको करिब २८ फिटसम्म ढाक्ने गरेको बताए । तर, आजदेखि समानान्तर ९सिधारुपमा० पार्किङ सुरु गरेपछि जाम हट्ने उनको भनाइ छ ।

कुमारीपाटी स्कुल कलेजको हब समेत हो । यस्तै, ललितपुरको ठुला बजारहरूको सूचीमा कुमारीपाटी समेत पर्छ । लगनखेल जाने प्रमुख नाका समेत भएकाले यस स्थानमा धेरै जाम हुने गरेको छ । यही जामलाई व्यवस्थापन गर्ने लक्ष्यसहित महानगर प्रमुख चिरिबाबु महर्जनले समानान्तर पार्किङ सुरु गरेका हुन् । उनले स्थानीय बासिन्दा र व्यापारीको समन्वयमा समानान्तर पार्किङ सुरु गरेका हुन् ।

‘अस्तव्यस्त पार्किङ व्यवस्थाले सडक अव्यवस्थित बन्दा सडकमा सवारी दुर्घटना समेत हुने गरेको थियो,’ हाछेथुले भने, ‘कुमारीपाटी आसपासको ७३४ मिटरमा फैलिएको छ ।’ यसबाट, जावलाखेलदेखि पाटनढोका जाने क्षेत्रसम्म पार्किङ व्यवस्थित बन्ने उनको भनाइ छ ।

महानगरले जावलाखेलबाट लगनखेल जाँदा बायाँतर्फ पार्किङको व्यवस्था गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend