जन आकाश
काठमाण्डौ । जुद्धोदय माध्यमिक बिद्यालय (जे.पी. हाईस्कुल) क्षेत्रपाटी काठमाण्डौमा अध्ययन गरेका पूर्व बिद्यार्थी हरुको संगठन जुद्धोदय पव्लिक अलुम्नाई संघको छैठौं बार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।
बिभिन समयमा जुद्धोदय माध्यमिक बिद्यालयबाट अध्ययन गरि निस्किएर समाजका बिभिन्न क्षेत्रमा योगदान दिइसकेका पूर्व बिद्यार्थीहरुले २०७५ सालमा भेला भई जुद्धोदय पव्लिक अलुम्नाई संघको गठन गरिएको थियो ।
शनिवार काठमाण्डौ ठमेल स्थित बिद्यालयमा संघका अध्यक्ष दीपक राज वन्तको अध्यक्षता तथा २०११ सालमा संचालित प्रवेशिका परिक्षामा बोर्ड फर्स्ट हासिल गरि लामो समय देखि देशको सेवा पुर्याएका ई. पदमलाल श्रेष्ठको प्रमुख आतिथ्यता एवं समाजका बिभिन्न क्षेत्रमा यथेष्ट योगदान दिएका पूर्व बिद्यार्थी हरुको समुपस्थितिमा छैठौं वार्षिक साधारण सभा सम्पन्न गरिएको थियो ।
सो अवशरमा जुद्धोदय मा. बि. बाट २०७९ मा संचालित एस.ई.ई. परिक्षामा सम्मिलित भई उच्चतम अंक (जीपीए) हाशिल गर्ने छात्र तथा छात्रालाई क्रमश: राजीव कुमार शाह तथा शिवानी कुमारी गुप्तालाई प्रोत्साहन स्वरुप नगद राशि सहित सम्मान-पत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा महासचिव विजयरत्न तुलाधरद्वारा प्रगति प्रतिवेदन का साथै कोषाध्यक्ष सुदिप ठाकुरद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
छैठौं बार्षिक साधारण सभाले आ. व २०७९/०८० को आय व्यय विवरण स्वीकृत गर्नुका साथै आ.व.२०८०/०८१ का लागि लेखापरिक्षक नियुक्ति गर्ने निर्णय गरेको छ ।
सभाले आगामी दुई बर्षे कार्यकालका दीपक प्रसाद मिश्र अध्यक्ष सहित विजय रत्न तुलाधर उपाध्यक्ष,ज्ञानु पण्डित महासचिव, सुदिप ठाकुर कोषाध्यक्ष र पञ्चरत्न डङ्गोल,देवेन्द्र मान सिंह , विजयमान श्रेष्ठ, गोविन्द सिलवाल , रोशन बज्राचार्य लगायको ९ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा चयन गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend