जन आकाश
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा भाद र १० गतेको दिन कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
यस एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हालको पुँजीरु.१,४५९,२७५,७९०.५०/- को प्रतिशेयर अंकित रु.१००/- को दरले १०कित्ता शेयरको ६.६ को अनुपातमा९ ,६३१,२२०.२२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend