logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

दिनेशकुमार घिमिरे सचिवमा बढुवा


  • जन आकाश
  • बुधबार, भाद्र १३ २०८०

काठमाडौं । सरकारले दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले घिमिरेलाई निजामती सेवाको विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।



यसअघि पनि उनको नाम पटक–पटक सचिवका लागि सिफारिस हुँदै आएको थियो । हाल उनी चीनको छेङ्दुस्थित महावाणिज्यदूतावासमा महावाणिज्य दूतका रुपमा कार्यरत छन् ।

 

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा रहेको बढुवा समितिले सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवहरुको नाम सिफारिस गरेको थियो ।

 

घिमिरेसहित सहसचिवहरु राधिका अर्याल र चुडामणि पौडेल सिफारिसमा परेका थिए । तर, घिमिरे वरिष्ठतामा अघि थिए ।

 

सचिव भएका घिमिरेले यसअघि उद्योग वाण्ज्यि तथा आपूर्ति मन्त्रालय, प्रधामनन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायतमा सहसचिवका रुपमा काम गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend