logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सभामुखले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्दै


  • जन आकाश
  • बुधबार, भाद्र १३ २०८०

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्दैछन् ।



सभामुखको सचिवालयका अनुसार बिहान ११ बजे सिंहदरवारमा बस्ने बैठकमा समितिका कामकारबाहीका विषयमा छलफल हुनेछ । समितिमा विचाराधीन विधेयकहरुका सम्बन्धमा समेत छलफल हुनेछ ।

भदौ ११ गते प्रतिनिधि सभाको १० वटा विषयगत समितिको सभापतिहरु सर्वसम्मत रुपमा चयन भएका थिए । त्यसपछि सभामुख र नवनिर्वाचित सभापतिहरुको पहिलो बैठक बस्न लागेको हो ।

सार्वजनिक लेखा समितिमा एमालेका ऋषिकेश पोखरेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा एकीकृत समाजवादीका भानुभक्त जोशी, पूर्वाधार विकास समिति सभापतिमा राप्रपाका दीपकबहादुर सिंह छन् ।

अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसका रामहरि खतिवडा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसकी आरजु देउवा र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति सभापतिमा जनमतका अब्दुल खान छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादव कानुन, न्याय तथा मानवअधिकार समितिमा माओवादी केन्द्रकी विमला सुवेदी, महिला तथा सामाजिक मामिला समितिमा एमालेका किरणकुमार साह छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend