logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आइएमई पे र कान्तिपुर सिनेमासबीच सम्झौता


  • जन आकाश
  • बुधबार, भाद्र १३ २०८०

काठमाडौँ  । नेपालको पहिलो डिजिटल वालेट  आइएमई पे ले कान्तिपुर सिनेमास्सँग एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता गरेको छ ।



यो सम्झौता अन्तर्गत कान्तिपुर सिनेमास्को एप तथा वेबसाइटमा आइएमई पे एकमात्र भुक्तानी साझेदारका रुपमा हुनेछ । कान्तिपुर सिनेमास् एक ओ टी टी प्लेटफर्म  OTT Platform हो, जहाँ विभिन्न चलचित्र तथा चलचित्रको श्रृंखलाहरुलाई streaming सेवा प्रदान गरिन्छ । आइएमई डिजिटल सोलुसनका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपानेले भदौ ५ गते सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।

‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend