logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नबिल इन्भेष्टमेण्ट बैंकिंगको साधारण शेयर निष्काशन गर्ने सम्बन्धि सम्झौता


  • जन आकाश
  • बुधबार, भाद्र १३ २०८०

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निकट भविष्यमा सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्न लागिएको श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको संचालक समितिको निर्णय आनुसार कम्पनीले आफ्नो जारी पूँजीको १३ प्रतिशतले हुन आउने अंकित मुल्य रु. १०० दरको रु. १३,००,००,००० (अक्षरुपी तेह्र करोड) रकम बराबरको १३,००,००० (तेह्र लाखकित्ता) साधारण शेयरको सार्वजनिक निष्काशन गर्ने सम्बन्धि सम्झौता मिति २०८०/०५/११ मा सम्पन्न भएको छ ।



सम्झौता पत्रमा श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सतीस चन्दश्रेष्ठ तथा निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीबीच हस्ताक्षर सम्पन्न भयो ।

श्री श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिष्टारको कार्यालयमा बिधिवतदर्ता भई संचालनमा रहेको छ । यस कम्पनीको रजिष्टार कार्यालय काठमाण्डौं महानगरपालिका, वडा नम्बर १ थिरवम सडक, टंगाल काठमाण्डौंमा रहेको छ । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेड नेपालकै पहिलो  ISO 9001:2015 प्रमाणित एकिकृत कुषि व्यवसाय हो ।

श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले कृषि अन्तर्गतको व्यवसाय इं.सं.२००२ मा श्रीनगर एग्रो फार्मको स्थापनाबाट सुरु गरेको थियो । फार्म अन्तर्गत ह्याचरी तथा ब्रीडरबाट कुखुराको चल्ला उत्पादन गर्दै इ.स. २०१७ देखि श्रीनगर एग्रीटेक इण्डष्ट्रिज प्रा. लि.बाट आवश्यक पर्ने दाना तथा आहारको उत्पादनको कार्य सुरु गर्दै कम्पनीले शुद्दोधन–४ रुपन्देहीमा दाना कारखाना, व्यवसायिक कृषिफार्म स्थापना गरेको छ र पाल्पाको तेल्घामा ब्रिडर फार्म संचालनमा ल्याएको छ ।

कम्पनीले व्यापार विस्तारको क्रममा वुटवल, रुपन्देहीमा वद्य शालाको स्थापना गर्ने योजना गरेको छ । कम्पनीले भविष्यमा प्रशोधित मासु उपभोत्तामा झल्याउनको लागि प्रशोधन केन्द्र तथा शितभण्डारको स्थापना गर्ने योजना रहेको छ ।

कम्पनीले,श्री किसानइनो भेसन हवको माध्मयबाट किसानहरुको क्षमता अभिवृद्दि गर्नका लागि समय–समयमा तालिम प्रदान गर्नुका साथै आफ्ना ग्राहकहरुलाई कृषि खेती, पशुपंक्षी पालन तथा व्यवसायसँग सम्बन्धित अन्यकार्य र प्राविधिक सहयोग उपलब्ध गराउँदै आइरहेको छ ।

उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको शेयर सार्वजनिक निष्काशन सम्बन्धि कार्य सम्पन्न गर्नका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएका छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend