logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

४६ औ इफाप्काको तयारी तीव्र, विदेशी अतिथिहरूलाई निम्तो दिन निर्माण व्यवसायी महासंघका उपमहासचिव घिमिरे मनिलामा


  • जन आकाश
  • बुधबार, भाद्र १३ २०८०

काठमाडौं । नेपालले नेतृत्व गरिरहेको अन्तर्राष्ट्रिय संस्था एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको साझा संगठन (इफाप्का) को ४६ औं सम्मेलनको तयारी तिव्र पारिएको छ ।



यसैक्रममा सम्मेलनमा सहभागी हुने विदेशी अतिथिहरूलाई औपचारिक निमन्त्रणा हस्तान्तरण गर्ने क्रम शुरु भएको छ । सम्मेलनको प्रचार प्रसार उपसमितिको संयोजक रहनु भएका महासंघका उपमहासचिव (नीतिगत) शिवहरि घिमिरेले फिलपिन्सको राजधानी मनिला पुगेर अतिथिहरूलाई सम्मेलनको लागि निमन्त्रणा हस्तान्तरण गर्नु भएको छ ।

घिमिरेले फिलिपिनी कन्स्ट्रक्शन एसोसिएशनका अध्यक्ष रोनाल्डो एलिपानो, कार्यकारी निर्देशक इबारा ब्यारी जी. पोउलिन्हो, इफाप्काका कार्यकारी निर्देशक लेभी भी. एसपिरितु, इफाप्कका सचिवालयकी मेलोडी डियोनिसियो लगायतलाई मनिलामा भेटी सम्मेलनका लागि आमन्त्रण गर्नु भएको हो ।

भेटमा घिमिरेले इफाप्कालाई अझ सशक्त संगठन बनाउने विषयमा पनि विस्तृत छलफल गर्नु भएको छ । इफाप्काको मुख्यालय समेत रहेको मनिलामा भएको छलफलमा घिमिरेको साथमा निर्माण व्यवसायी अक्कल बहादुर तामाङ पनि रहनु भएको थियो ।

इफाप्का सहित फिलिपिनी कन्स्ट्रक्शन एसोसिएशनका पदाधिकारीहरूसँग घिमिरेले ४६ औं सम्मेलनलाई भव्य रुपमा सफल बनाउन नेपालले गरिरहेको तयारी बारे अवगत गराउनु भएको छ । इफाप्काको ४६ औं सम्मेलन आगामी मंसिर ५ देखि ९ सम्म काठमाडौंमा आयोजना हुँदैछ । हाल नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले इफाप्का अध्यक्षको भूमिकामा रहनु भएको छ । इफाप्कामा भारत, बंगलादेश, मंगोलिया, फिलपिन्स, मलेसिया, सिंगापुर लगायतका १८ देश आबद्ध छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend