logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

नेपाल प्रहरी संगठनलाई विवादमुक्त बनाऔं 


  • जन आकाश
  • शुक्रबार, कार्तिक १४ २०८३

नेपाल प्रहरीका महानिरिक्षक अर्थात आईजिपी दान बहादुर कार्कीको विरुद्धमा केही महिना अगाडी देखि संसदीय सुनाई समितिमा कुरा उठ्दै आएको छ । २०८२ साल भदौ २४ गते भएको दंगा पसादवाट नेपाल प्रहरीको साख त्यतिवेला निक्कै गिरेको अवस्था थियो । त्यतिवेला सामान्य नागरिकले प्रहरी प्रशासन चाहिदो रहेछ भन्ने महसुस गरेका थिए । पुनः नेपाल प्रहरीलाई आम नागरिकहरुले नै सहयोग गरेर कतिपय ठाउँहरुमा कार्यालय मर्मत अस्थाई चौकीहरु स्थापना गरेर नेपाल प्रहरीलाई पुनःस्थापना गरेका थिए । तत्कालीन अवस्थामा सुशीला कार्की नेतृत्वको सरकारले छ महिना भित्र निर्वाचन गराउने जिम्मेवारी मुताविक निर्वाचन सम्पन्न गराउन खटिएका सुरक्षा निकाय मध्य प्रत्यक्ष जनतासँग जोडिएको सुरक्षा संगठन नेपाल प्रहरी नै थियो ।



२०८२ साल फागुनमा भएको निर्वाचन शन्तिपूर्ण ढंगवाट सम्पन्न गराई देशमा नयाँ सरकार स्थापना भएको छ । विगतका तिता मिठा सवै विर्सिएर नयाँ जोस र जागरका साथ काम गर्नुपर्ने जिम्मेवारी नयाँ सरकारको छ । त्यही सरकारको मातहतमा रहेको नेपाल प्रहरी संगठनको अझै महत्वपूर्ण भुमिका रहन्छ । विगतमा जस्तो गरी को आईजिपी बन्ने भनेर खेल खेलाची गरेर नेपाल प्रहरी संगठनलाई विवादमा ल्याउनु हुदैन । बरु संगठन भित्र भएका असल अभ्यासलाई प्रोत्साहन र गलत अभ्यासलाई सुधार गर्दै जानुपर्ने वेला हो ।

प्रहरी संगठनमा बाहिर आएको जस्तो अनियमियतता भएको रहेछ भने नेपाल सरकारको छानविन गर्ने अख्तियारी पाएको निकायले त्यसको छानविन गर्दै गर्दछ । तर बाहिर अन्य निकायहरुले प्रहरी संगठनको मनोबल गिर्ने खालका अभिब्याक्ति, कृयाकलाप गरेर नेपालको प्रतिष्ठित संगठनहरुलाई बदनीयत गर्ने कार्यहरु गर्नुहुदैन ।

पछिल्ला घटनाहरु त्यस्तै त्यस्तै प्रकृतिका भएर बढ्दै गएका छन् । यस्ता गतल अभ्यासहरुले राष्ट्रिय अन्तराष्ट्रिय रुपमा नेपाल देशको प्रतिष्ठालाई समेत आच आउने कार्य हुन्छ । त्यसैले सम्बन्धित निकायवाहेक अन्य निकायहरुले यस्ता राष्ट्रका महत्वपूर्ण विषयहरुमा अनाआवश्यक हल्ला, बदनियत राखेर काम गर्नुहुदैन । त्यस्तो कार्य हुन गएको खण्डमा भोलीका दिनमा नेपाल र नेपालीलाई विश्वका अन्य देशमा हेर्ने दृष्टिकोण फरक हुन सक्छ र त्यसको असरले नेपाल र नेपालीको सिर ठाडो बनाएर हिड्न सकिदैन ।

त्यसैले सरकार पक्ष वा विपक्ष जो सुकै किन नहोस् । आम नागरिकको भरोसा बोकेको प्रहरी संगठनलाई विवादमा लैजाने होइन । सुस्म ढंगवाट आउदा दिनमा कसरी सवल प्रशासन बनाउन सकिन्छ र नागरिकलाई नेपाल प्रहरी प्रसाशनले आम नागरिकलाई सुरक्षित छु भन्ने विश्वासको वातावरण बनाउन सक्नुपर्छ ।

त्यसको अलवा कसरी आम नागरिको सेवामा आई परेका समस्यालाई सावधान गर्न कतिपय व्यवहारिक पक्षहरु समेत हेरेर अध्ययन गरेर घटना, प्रकृति, अनुसन्धन जस्ता महत्वपूर्ण कार्य समेत गरेर नेपाल देशको साझा सम्पति, साझा दाईत्व भएका विषहरुमा विशाल संगठन भएको नोपाल प्रहरीले आम नागरिकलाई चेतना समेत फैलाएर अहम भूमिका खेल्न सक्छ । यस्तो महत्व बोकेको संगठनलाई विवादमा ल्याउनुको सट्टा यस संगठनका महत्वपूर्ण पक्षलाई जोगाउनु राष्ट्रको कत्व्य हुनुपर्दछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend