logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

चाडवाडको मुुखमा हुने महगी नियन्त्रण गरौं


  • जन आकाश
  • बिहिबार, भाद्र १४ २०८०

काठमाडौ । नेपालमा नागपञ्चिको शूरुवातसँगै क्रमश चाडवाडहरु एकपछि अर्को र्गर्दै आइराखेका छन् । यस्ता चाडपर्व नेपालीहरुले परापूूर्व कालदेखि मनाउँदै आएकाछन् । अन्य समयमा जस्तो यो समयमा नेपाली उपभोक्ताहरुले जुनसुुकै सामान किन्न त्यति छलफल गरेर बस्दैनन् । जे चाहिएको हो त्यसको मुल्य सोधछन् पैशा तिर्छन् लिएर जान्छन् । विगतदेखिको चलन यस्तै छ । नेपाली सोझा उपभोक्तालाई काला ब्यापारीहरु जसले छोटो समयका लागि योजना नै बनाएर उपभोक्तालाई ठग्दै आएकाछन् ।



त्यस्ता काला ब्यापारीहरुका कारण बेला बेलामा असल ब्यापारीहरुलाई समेत बदनाम गराउने गरेको छ । प्युुखामा ५० औ बर्षदेखि मसला पसल चलाउदै आएका एक ब्यापारीको भनाइ यस्तो छ । “हामीले त दशै, तिहार, वा अन्य यस्ता नेपालीहरुको पर्वमा छुुट दिएका हुुन्छौ र मूूल्य सुुचीनै राखेर कारोबार र्गछौ । कहिलेकाही काही दर्ता नभएकाहरुले चाडावाडमा मात्र पसल खोल्ने र जताततै उसले मार्केटमा विग्रेका सामान पुु¥याउने त्यो पनि मुल्यभन्दा बढीमा बेचेर उपभोक्तालाई ठगी गर्छ त्यस्ता व्यात्तिलाई प्रहरीले समात्यो भने समग्र ब्यापारीको पनि नाम जोडिएर आउछ त्यतिवेला दुुखः लाग्छ ।” त्यसैले सवैले सवैलाई एउटै नजरले हेर्नुुहुन्न भन्ने उनको भनाई छ ।

तर यो २०८० सालको दशै र तिहारमा हुनसक्ने अश्वभाविक महगीलाई नियन्त्रण गर्न सम्बन्धित निकायले सक्छकी सक्दैन । त्यो एउटा पाटो छदैछ । बजारमा भएको मूूल्यसुुची समेत नराखी र मूूल्यसुुची भएकै ठाउमा पनि बढी मूूल्य लिएर सामग्रीको बिक्री वितरण गरिरहेको पाईन्छ । यस्ता ठाउँमा स्वयम उपभोक्ताहरु पनि सचेत हुनुुपर्छ । मूूल्यमा ठगी भएको पाइए नजिकैको प्रहरी कार्यलय वा सरोकार संघ,सस्था अर्थात आधाकारिक निकायलाई खवर गरेर पनि मूूल्यमा ठगी गर्दै आएका काला ब्यापार गर्नेहरुलाई निरुत्साहित गर्न सकिन्छ ।

त्यो काम उपभोक्ता स्वयम सचेत हुनुुपर्छ भने सम्बन्धित निकाय अर्थात बाणिज्य आपुुर्ति तथा उपभोक्ता सरक्षण बिभाग जस्ता निकायले बजारलाई चुुस्त दुुरुस्त बनाई अनुुगमन गरेर उपभोक्ताको अधिकारलाई सुुरक्षित गर्नुको साथै ब्यापार, व्यावसाय गर्ने फर्म, कम्पनीलाई समेत व्यवास्थित, म¥यादित बनाउदै नेपालका कोभिड पछि तौरिदै गरेका असल व्यवासायीलाई सरक्षण गर्नुपर्ने दाइत्व पनि छ । यस्ता कामहरु बाणिज्य आपुुर्ति तथा उपभोक्ता सरक्षण बिभागले चाडबाडको मुखमा मात्र गर्दै आएको छ । त्योभन्दा अगावै र जहिलेपनि बजारमा कस्तो तरिकाले बिक्री वितरण भईरहेको छ । गुुणस्तर छकी छैन ? कुनै समस्या आएमा के कारणले समस्याहरु बजार आए जस्ता विषयमा सधै काम गरेर उपभोक्ताको सरक्षण गर्नुुपर्छ ।

यसरी सम्बन्धितको सक्रियता मात्र देखिदा पनि बजारमा हुने अस्त ब्यस्त र छाडा बन्दै गएका व्यावसायि सर्तक हुुन्छन् र महगी नियन्त्रण हुुन्छ ।

मन्दिर नजिकैका मिठाई पसल फोहोर
काठमाडौ लगायत कतिपय मन्दिर नजिकै मिठाई पसल भेटन्छन् । ति मिठाई पसलमा चढाउने देखि खानलाई धेरै प्रकारका मिठाई बेच्नलाई राखिएको हुुन्छ । ति मिठाईहरु फोहोर भेटिन्छन् । झिगा भन्किरहेको हुुन्छ । चढाउन नै लगेको भएपनि पछि मन्दिरका पुुजारीले प्रसाद सवैलाई बाढ्छन् । प्रसादको नाममा फोहोर मिठाई ख्वाएर रोग उत्पादन गर्ने थलो बन्दै गएका मन्दिर आसपासका फोहोरी मिठाई पसलहरुको अनुुगमन गर्न सम्बन्धित निकायको ध्यान पुुगेको देखिदैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend