जन आकाश
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र बाँकी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र देशका बाँकी भू-भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको र बाँकी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend