logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

सल्यानि नेवारीहरुले देखाए अनौठो गाइ जात्रा


  • जन आकाश
  • शनिबार, भाद्र १६ २०८०

काठमाण्डौ ।  : आज नेपालको धेरै जसो ठाउँमा बस्ने सवै नेवार समुदायले गाई जात्रा भब्यरुपले मनाए यसै सन्दर्भमा सल्यान जिल्लामा मनाईने वा देखाइने गाई जात्राको झलक काठमाण्डौमा सल्यानी नेवार समाजले देखायो ।



जसमा फरक परिवेश फरक भेषभुसा फरक वाजा फरक तरिको नचाईले रहेको थियो । यो अलि अरु जिल्लाको गाईजात्राको भन्दा अलि फरक खालको देखिन्थ्यो । यसलाई दर्शकहरुले पनि फरक खालको रहेछ भनि सुन्नमा आयो ।

यसलाई पनि अब हरेक वर्ष यसैगरी प्राचिनकालमा उपत्यका बाहिर गएको र अहिले सम्म यसलाई बचाइ राखेको र अब फेरि यस्ता खाल परम्परागत रुपमा मनाईले चलन फेरि काठमाण्डौमै फर्किने सन्देश दिएको दर्शनहरु भनाई रह्यो ।

यस गाई जात्रामा देखाइएकोमा चार जना नाच्ने हुन्छन जसलाई वैरागी भनिन्छ , बादल बजाउनेलाई मादले भनिन्छ डोको भित्र बस्नेलाई डोके भनिन्छ भने यसमा अरु मुरली मुजुरा पनि बजाइन्छ । यो सल्यान तिर घर घरमा नाच्दै लगिन्छ भने काठमाण्डौ नया र पहिलो पटक भएको जानकारी नेवार समाजका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताए ।

तस्वीर प्रदीपकुमार श्रेष्ठ

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend