logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मन्जाङ सेवा समाजको साधरणसभा सम्पन्न


  • जन आकाश
  • आइतबार, भाद्र १७ २०८०

काठमाडौ । लमजुङको दोर्दी गा.पा. वार्ड नं (३, अर्थात् साविकको श्रीमन्जाङ गाविसबाट राजधानीमा आई बसोबास गर्ने मन्जाङवासीहरूको साझा संस्था श्रीमन्जाङ सेवा समाजले आफ्नो साधारणसभा तथा तीज कार्यक्रम सुसम्पन्न गरेको छ ।



राजधानीको धापासीस्थित ग्रिनल्यान्ड माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त सभालाई शुभकामना मन्तव्य दिँदै वरिष्ठ इन्जिनियर डा. खेमराज आचार्यले आफू लामो समय जन्मथलो बस्न नपाए पनि पलपलमा स्मरण हुने गरेको स्वअनुभूति साटासाट गरे । आगामी दिनमा यसको विकास, निर्माणमा समेत आफू दत्तचित्त रहने उनको आसय थियो ।

त्यसै गरी पूर्व प्रजिअ तथा ज्येष्ठ नागरिक ताराप्रसाद घिमिरेले पनि जतिसुकै छोटो अवधि आफ्नो जन्मस्थानमा बिताए पनि त्यसको छाप आफ्नो मन–मस्तिष्कमा अमिट बनेर रहेको बताए ।

निवर्तमान अध्यक्ष विनोद घिमिरेले प्रत्येक रूम्टा र कान्लासँग आफ्नो साइनो र सामीप्यता रहेको जिकिर गर्दै आफू समितिमा रहे वा नरहे पनि आफ्नो विद्यालय प्राङ्गण समाजका कुनै पनि कार्यक्रममा उपलब्ध गराउन इच्छुक भएको वाचा गरे ।

साधारणसभाले आगामी तीन वर्षका निम्ति विश्वराज घिमिरेको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमितिको सर्वसम्मत चयन गरेको छ । सो कार्यसमितिको उपाध्यक्षमा खेमराज घिमिरे, सचिवमा श्रीभद्र घिमिरे, सह(सचिवमा विजयकान्त घिमिरे र कोषाध्यक्षमा गणेश वाग्ले छनोट भएका छन् ।

यसै गरी सदस्यहरूमा क्रमशः देवी घिमिरे, हिरादेवी घिमिरे९पौड्याल०, सागरचन्द्र घिमिरे, निर्मला घिमिरे, बुद्धिराज घिमिरे र सरिता घिमिरे रहेका छन् ।

साधारण(सभा सम्पन्न हुनासाथ श्रीमन्जाङबाट काठमाडौँ बसोबास गर्दै आएका चेलीहरूलाई दर खुवाइएको थियो भने तीज(गीतमा गायन तथा नृत्य पनि सानदार ढङ्गले सम्पन्न भएको थियो । उक्त समाजले दिदी, बहिनीहरूको सम्मानमा वर्षौदेखि यस खाले कार्यक्रम आयोजना गर्दै आएको आयोजको भनाई थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend