जन आकाश
काठमाडौ । मिति २०८० भदौ १६ गते शनिबार राष्ट्रिय सुसेली मञ्च नेपालका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेको सभापतित्व र मञ्चकि उपाध्यक्ष सुशीला ढकाल अधिकारीको संचालनमा तीज विशेष सुसेली गायन कार्यक्रम १८ जना कवि साहित्यकारहरूको उपस्थितिमा सम्पन्न भएको छ ।
तीज विशेष सुसेली गायनको क्रममा उपस्थित कविहरू क्रमशः लक्ष्मी प्रसाद मिश्र, जानुका थापा रायमाझी, सुरेशचन्द्र घिमिरे, वासुदेव ठकुरी, चन्द्रा न्यौपाने, सुमित्रा श्रेष्ठ, घनश्याम पौडेल, उत्तम भेटुवाल, कृष्णप्रसाद पौडेल, सुचिता काफ्ले, कल्पना भट्टराई अधिकारी, ललिता दोषी लगायत आजका विशिष्ट अथिती वेद विज्ञ तिलकप्रसाद लुइँटेल, कलानिधी दहाल र मोहन कार्कीले आ-आफ्ना तीज सम्बन्धि सुसेलीहरू सुन्दर र लयात्मक ढंगले प्रस्तुत गर्नु भएको थियो ।
दिदीबहिनीहरूका सुखदुःख पीरमर्का सहित परमपरागत तवरमा मानिदै आएको तीज पर्वलाई सदैव जिवन्त राख्दै विकृति र विसंगतिलाई चिर्दै अगाडि बढ्न सबै कविहरूले शुभकामना आदानप्रदान गर्दै गायन गरिएका सुसेलीको यो कार्यक्रम अत्यन्तै सुन्दर र भव्य रहेको कुरा बताउँदै विशिष्ट अतिथिहरूले कार्यक्रमको प्रशंसा गर्नुभएको थियो भने विशिष्ट अतिथि वरिष्ठ कवि कलानिधी दाहालले डाह लाग्दो गरि सुसेली अगाडि बढिरहेकोले निरंतरता र नयाँ कविहरूको समावेशीता उच्च रहेकोमा खुसी व्यक्त गर्नुभयो ।
अर्का विशिष्ट अतिथि तिलकप्रसाद लुइँटेलले हरितालिका तीजको पौराणिकता र महत्त्वका विषयमा प्रकाश पार्नुका साथै आज प्रस्तुत सुसेलीहरूमा संक्षिप्त टिप्पणी गर्दै सुसेलीहरू मध्य कवि सुरेशचन्द्र घिमिरे र उत्तम विचार भेटुवालका सुसेलीहरू सर्वोत्कृष्ट भएको जानकारी दिनुभयो । जन आकाश मिडियाका डाइरेक्टर मोहन कार्कीले सबैमा तीजको शुभकामना दिनुभयो ।
कार्यक्रमको समापन गर्दै आजका सभापति तथा सुसेली मञ्चका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेले सुसेली तीज गीतको म्युजिक भिडियो बनाएर युटुब मार्फत सार्वजनिक गर्नुभएकोमा जन आकाश मिडिया परिवार सहित डाइरेक्टर मोहन कार्की र उत्कृष्ट सुसेलीमा पर्न सफल कवि चन्द्रावती अधिकारी लगाएत सम्पूर्ण सहभागी कवि दिदिबहिनीहरूमा बधाई दिदै यही भदौ २९ मा हुन गइरहेको दर खाने खुवाउने कार्यक्रममा सबैलाई निमन्त्रणा गर्दै सबै सहभागी अतिथि कविहरूमा धन्यवाद दिएर सभाको विसर्जन गर्नुभएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend