जन आकाश
मोहन कार्की ।
देशमा साढेको बिगबिगी, कथामा आधारित टिप्पणी
कुनैवेला वीर गोर्खालीको नामले मात्र विश्व थर थर काप्ने गरी काम गरेर देखाउने नेपालीका सन्तान हामी नै हौ । तर यतिवेला कुन कुन देशमा पराईको गाली खादै अरुका देशमा पसिना बगाउनुुपर्ने परनिर्भर देश बन्न पुुगेको नेपाल । त्यसै मेसोमा राजधानीका गल्ली गल्लीमा पासपोर्ट च्यापेर विदेश जानलाई भौतारिरहेकाछन् युुवा पुस्ताहरु ।
अस्टिे«लियाको भिसा रोकिदियो भनेर आकाश नै खस्यो पातल भासियो जसरी चिच्याईरहेछन् एक खालका युवा भनिने नेपालमा अल्छि मान्ने तर विदेशमा गएर काम गर्न जान्ने । स्टुुडेन्ड अर्थात विद्यार्थी भिषामा पढ्न जाने नाममा विदेशमा नै पलायन रोज्नेहरुको चिच्याहट सुनिन्छ याहा, त्यहावाट दैनिक रुपमा लास आउछन् वर्किङ भिषामा नै विदेश गएकाहरुको । कहिलेकाही त उतै मृत्युदण्ड सुनाएका नेपालीको उद्धारको लागि नेपालमा व्लड मनिको आम नागरिकमा चन्दा उठाउनुुपर्ने बाध्यताले दयाको भिख माग्नुुपर्ने दिन पनि कुुनै कुनैले व्यहोरिसकेका छन् । भने कतिपयले विदेशमा नेपाली शरिर बुुझाएकाछन् । कतिपयले सडक र्दुुघटनामा मृत्युुबरण गरेर उतै ज्यान फालिसकेकाछन् ।
कुनै कुुनै अलि विकसित राष्ट्रमा जानको लगि अवैधानिक ढंगवाट त्यो पनि घर वारी सवै वेचेर लाखौ रकम बोकेर अमेरिकासँग सीमाना जोडिएका देशवाट चोर पसे जसरी जान तयार भई त्यतै बाटामा अड्किएर मेरकाको रेकर्ड नेपाल सरकारसँग पनि छैन । नेपालीको मानसिकता यसरी विदेश विदेश विदेश भन्ने माईग्रेशन तिर गईरहेको छ । नेपाल सरकारले नै भनेको छ । यो बर्षमा मात्र नेपालवाट बाहिरिनेको संख्या २४ लाँख भन्दा बढी छ । के यो अत्यास लाग्दो विषय होइन र ? हामीले नयाँ युवा पिडीलाई कस्तो शिक्षा दिईराखेका छौ ? उदार शिक्षा नीति ल्याउने शिक्षा ऐन लेख्नेहरु को को थिए । मृत्यु दण्डको कानुन भएका देशमा यदि तिनिहरु भएका भए तिन्लाई मृत्यु दण्ड दिसकेको हुन्थ्ये मृत्युुदण्डको देश भएको भए मृत्युुदण्डमा चढिसक्ने थिए होलान् । प्रजातान्त्रिक देश नेपालमा मृत्युु दण्ड दिइदैन त्यसैले ती जीवित छन । हामी नेपालीहरु युुद्धमा समेत मानवीयताका कुरा गर्छौ । तर देशको यो अवस्थामा पुु¥याउने व्यवस्था, ऐन बनाउने ज्ञाताहरु, पढाउने शिक्षकहरु, उद्योग बन्द गराउने उद्योग मन्त्रीहरु, देश चलाउने प्रधानमन्त्रीहरु, केही बर्ष अगाडी त राजा पनि थिए ति राजाहरु लगायतले यसको जिम्मा लिनुुपर्छ की पर्दैन ?
यतिवेला सत्य कुरा उजागर हुनैपर्छ । देशका नागरिकहरु देश खाली बनाउदै उतै हराउदै गईराखेको वेला देश भित्र रहेका बाणिज्य बैकहरु, अलि अलि भएका नीजि उद्योगहरु, व्यापारीहरु नेपाली नागरिको हातमा छैन । कुनैवेला भारततिरवाट आएका भारतीय मुलका मानिसहरुको हातमा सवै व्यवसाय, बैक, होटल, सञ्चार, कबाडीदेखि लिएर कम्पनीसम्म यिनै भारतीय मुलका मानिसरुपी साढेहरु नेपालीको चुलो चौकोमा पुुगेकाछन् ।
भने साढेलाई धपाउने आट घर मालिकसँग यतिवेला छैन । निरीह छ, घर मालिक । भारतको गल्लीतिर साढे धपाउन गएका केही नेपालका गोठालाहरुले त्यतैवाट भारतीय साढे धपाउदै धपाउदै नेपालका मालिकका भान्सामा साढे छिराएर उधुम मच्चाइरहेका छन।
यसैको असर यतिवेला थुप्रै साढेहरु नेपालका मुख्य शहरहरुमा व्यापारिको नाममा स्थापितछन् । महत्वपूूर्ण क्षेत्रहरुमा उनिहरुकै बर्चस्व छ । त्यहा रोजगार गर्नेहरु पनि उतैवाट ल्याएर लगाएका छन् । ति ब्वार गोरुहरु हुन् । नारिदैछन् । केही समयपछि ति पनि साढे नै हुन्छन् । अनि यस्तै साढेहरु भित्र्याउन ल्याएको लोकतन्त्र, गणतन्त्रले दिएको उपहार यहि नै हो ।
आफ्नै दाईले भाई मार्न सिकाउने, उद्योग जलाउन सिकाउने, जातका नाममा लडाई गर्न सिकाउने, भाषाको नाममा समाज बिथोल्न लगाउनेहरुलाई नै नेपाली समाजले अनुुमोदन गरेर ल्याएको व्यास्थामा घर घरमा साढे छिराउने नीति नभएर अरु केही हुुनै सक्दैनथ्यो ! वैधानिक रुपमा नै साढे छि¥यो । नेपालीहरुलाई दसा लाग्यो ।
हो अव नेपालीहरुलाई साढे सातको दसा लागिसक्यो दसा लागेको होइन । दशा दिल्लीतिरवाट लिएर आएका हुन् । दुुई तिन महिनाका लागि, अलि धेरै भए १५, १६ महिनाको लागि प्रधानमन्त्रीको फोटो झुुन्ड्याउन,मन्त्रीको फोटो झुुन्ड्याउने सस्तो लोकप्रीयताको लागि गरेका गोठालाहरुको रवैयाले देशको अस्मितामा प्रहार भईसकेको छ । जताततै नेपालीहरुमा चरम आर्थिक अभाव, सवै थोक विदेशी सामानहरुको प्रयोग, एउटा काका्रेसमेत विदेशवाट आयात नगरी नहुने भईसकेको छ। कुनैवेला विश्वको ईतिहाँसमा गर्वले गदगद हुने गरी काम गरेर विदेशलाई चामाल, दाल, कागज निर्यात गरेर नेपाली मन उच्च सम्मानले भरिको शिर आजको अवस्थामा मगन्तेहरुको देश बन्न लागेको छ ।
नेपालका सडकहरुमा विदेशी गाडीले धुलो उडाउदै हिड्दा नेपालीका न्याउरा अनुुहारहरु अभावको त्राण भर्न धुलोलाई हत्केलाले छोप्दै हिडिरहेकाछन् ।
गाउँ गाउँमा बृद्धा बा–आमाहरु बुुढेसकालमा छोराछोरी भईकन पनि आफुुसँग नहुदा विरहले छटपटाउदै झरेका आशु पुुछिदिने कोहिछैन, टोलाएर बसिरहेकाछन् ।
घरको अलि तलतिर बाट वा माथिवाट हिलो छ्याप्दै, धुलो उडाउदै एक खालका मानिस नामले चिनिने तर गोरुरुपी स्वभावले परिचितहरु विदेशी गाडीमा सवार देखिन्छन् ।
ति गोरुहरुले पनि विर्सेका होलान् । भोली यसैगरी मृग खाने बागले बोकालाई बाकी राख्दैन भन्नेकुरो !
सिक्किमको लेण्डुपको कथा नपढेकालाई के थाहा ! त्यस्तै के के पार्टी, अधिकार, जातपात, धर्म, भाषाका नाममा उचाल्ने र पछार्ने शहरमा एकदुईवटा घर बनाउने रकमको लोभमा निदाएका टाठा बाठाहरुलाई पनि जुन दिन कोर्रा बोकेर घरको अगाडी साढे सवार हुन्छ त्यसदिन पक्कै म मानव होईन रहेछुु । पशु भएछुु भनेर प्रायश्चित त गर्छ । तर पशुुलाई समेत छुुट नदिने साढेको अगाडी केही लाग्नेवाला छैन ।
यस्ता साढेहरुलाई धपाउन अलि बलिया संगठित नेपालका कुना कन्दरामा हुर्केका तीन बर्षे राँगालाई समेत तह लगाउन सक्ने रैथाने गोठालाहरुको आवश्यकता देशको केन्द्रमा महसुस भएको छ । त्यसैले जतावाट आएका हुन त्यतैतिर साढेसहित साढेका गोठालाहरुलाई समेत धपाउन संगठिन रैथाने नेपाली गोठालाहरुको अभियान हुनुुपर्ने टडकारो रुपमा आवश्यता भईसकेको छ ।
कुुनै ढुुङगेधारामा पानीको अभावका कारण झगडा गरेको दृष्य, एक महिलाले तरकारी पसलमा रु ३० बोकेर आएको तर त्यति पैशाले तरकारी नआउने भनेर पसलेले फर्काएको दृष्य, विदेश जान लाईन लागेको एयरपोर्टको दृष्य, विदेश गएका मध्य उतैदुर्घटनामा परेर आफन्त एयरपोर्टमा लास कुरेर बसेको दृष्य, बैदेशिक रोजगारमा बर्षिक कति मानिस वाहिरिए भन्ने नेपाल बैदेशिक रोजगा बिभागको तथ्याङ र समस्या नै समस्या रहेको भनेर बिभिन्न चोकमा मानिसहरुले गरेका गफ यस लेखनका स्रोतहरु हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend