logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आइएमई पेमा शाइन रेसुङ्गा विकास बैंकको मोबाईल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने


  • जन आकाश
  • मंगलबार, भाद्र १९ २०८०

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे मा अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले सजिलै क्यास लोड गर्न सक्ने भएका छन् ।



विभिन्न वित्तिय संस्थासँग आबद्ध भइ सेवाग्राहीहरुलाई विधुतीय भुक्तानी सहज गराउने उदेश्यका साथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँग सम्झौता गरेको छ । सो सम्झौता अन्तर्गत अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले बैंकको मोबाईल बैंकिङबाट सिधै आइएमई पेमा पैसा लोड गर्न सक्नेछन् ।

‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend