जन आकाश
दाङ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका-२ श्रीगाउँका ४५ वर्षीय दिलबहादुर चौधरी रहेका छन् ।
बिहीबार राति बाटो छेउँमा मसलाको रुखले बिजुलीको तार चुँडालेको र सडकमा लत्रिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही ल्याइएको प्रहरीले बताएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend