जन आकाश
काठमाडौं । लगनशीलता, समझदारी, राष्ट्रप्रेम विरलै देख्न पाइने अनमोल संयोजन पत्रकारितामा आफ्नो भबिश्य सुरक्षित गर्न मेनहती रहेका दुई मित्र गुल्मिका केशब र सुर्खेतका चन्द्र एति राम्रो काम गर्दै अध्ययनको शिलसिलामा करिब चार वर्ष अगाडि सपनाको सहर काठमाडौं प्रबेश गरि आफ्नो रुझान्को बिषय जन सञ्चार बुद्धनगरमा अबस्थित sv academy मा अध्ययन गर्दा गर्दै अनन्य मित्र बनेका गुल्मी इस्मा गाउँपालिका ६ चौरासी स्थाइ घर भएका र कलाकारितामा रुचि राख्ने केशब पाण्डे र सुर्खेत भेरीगंगा नगरपालिका ३ दुङ्गीखोला स्थाइ घर भएका र बाध्यबाधनमा रुचि भएका चन्द्र खड्का (हाल स्नातक तेश्रो वर्षामा अध्ययनरत) आपसी समझदारी र सिकेको ज्ञान्, सीप ,नजिकैका अग्रजहरुको मार्गनिर्देशनमा youtube पत्रकारितामा होमिएका छन् ।
सहपाठी सबै उच्च अध्ययन, सुरक्षित भविष्य तथा उन्नत जीवनशैली आदिको प्रलोभनमा विदेशिने लहडकाबीच देशकै केही गर्न सकिन्छ भन्दै अथक मेहनतको बाटोमा होमिएका उनीहरूले यस भन्दा पहिला विभिन्न टेली सिरियल, चलचित्र,म्युजिक भिडियो , चलचित्र, सट मुभी ,विभिन्न मेला ,महोत्सव लाईभ कार्यक्रम आदिमा आफ्नो कौशल प्रस्तुत गर्ने गरेका यी युवा जोडीले शुभचिन्तकको सल्लाह,आफ्नो अध्ययनको विषय कलाकारिता फाँटमा देखिएको आवश्यकता आदिलाई मध्यनजर गर्दै आफ्नै युटुब च्यानल चौरासी मीडिया र चन्द« खड्का युटुब च्यानल मार्फत आफ्ना कार्यक्रम सञ्चालन गर्ने गरेका छन् ।
उनिहरुले अरु युटुब च्यानल सन्चालक हरुले जस्तो बिकृती पत्रकारिता नगरी फोकसमा आउन नसकेका र आफ्नो प्रतिभालाई कुन बाटो दर्शकमाझ ल्याउने भनी अलमलिएका नवप्रतिभा र आफ्नो रचनालाई दर्शक श्रोता माझ पुर्याउन खोजिरहेका अग्रज कलाकार हरुलाइ सहज बानाइदिने असल कार्य गरेका छन । यी दुई अनन्य कलाकार मित्र द्वयले हाल सम्म स्थापित लागाएत दर्जनौ साथै नब प्रबेसितर्फ तर्फ पनि दर्जनौ उम्दा प्रतिभा हरुको रचना साथ साथै प्रतिभालाई दर्शक श्रोता माझ साझा गरिसकेका छन् ।
उनीहरुको यस यात्रामा स्थानीय अभिभावक दिलिप खड्का साथै नारायण गौतमको सहयोगी भुमिका रहेको छ र एस च्यानल सन्चालन गर्दा इडिटिङ तथा अब क्यामेरा सन्चालन चन्द्र खड्का र सुटिङ तथा बजार प्रवर्द्धन केशब पाण्डेले गर्ने गरेका छन् । आफ्ना अग्रज तथा सहकर्मीहरु सबैलाई अत्यन्तै श्रद्धा एवं मायाँ गर्ने संस्कारी युवा द्वयले सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend