जन आकाश
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन गरेको छ । कांग्रेस सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको विरोधमा तरुण दल आन्दोलित भएको हो ।
गत बुधबार कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डपमा भएको सांघातिक आक्रमण भएको थियो । उक्त घटनाको विरोधमा कांग्रेस भ्रातृ संस्था तरुण दलले काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गरेको छ । तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामा पनि मागेको छ ।
तरुण कार्यकर्ताले ‘नारायणकाजी मतियार, ज्ञानेन्द्रको हतियार’, ‘पक्षपाती प्रहरी प्रशासन मुर्दावाद’ जस्ता नारा लगाएका थिए । तरुण दलका नेता कार्यकर्ता रत्नपार्कमा भेला भएर विरोध र्याली निकालेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend