जन आकाश
काठमाडौं । राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
आउँदो आइतबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रिय सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।
आइतबार बिहान ११ः०१ बजे बस्नेगरी निर्धारणा गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ उपनियम ३ बमोजिम अध्यक्षले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी स्थगित गर्नुभएको व्यहोरा सदस्यहरुको जानकारीका लाागि यो सूचना प्रकाशित गरिएको छ,’ संघीय संसदका महासचिव डा .भरतराज गौतमले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend