logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

भक्तपुरमा एमालेको जात्रा लाग्यो त ? हेर्न जाने हैन 


  • जन आकाश
  • शनिबार, भाद्र २३ २०८०

भक्तपुर । नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरले आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा नयाँ संगठित सदस्य लिएका १ हजार ७ सय ६१ जनाले सपथ ग्रहण गरेका छन् ।



कार्यक्रममा नयाँ संगठित सदस्यहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज कैलाश ढुङ्गेलले सपथ खुवाउदै नयाँ संगठित सदस्यहरुका लागि यो इतिहासकै गौरवपूर्ण क्षण भएको बताएकाछन् ।

नेकपा एमालेमा संगठिन भएका सदस्यहरुले नेकपा एमालेको नीति, विचार र सिद्धान्तलाई अंगाल्दै आफ्ना आचरणलाई समेत कम्युनिष्ट आचरणमा बलदेर लैजानु पर्ने बताउँदै कैलाशले आजदेखि व्यक्तिगत स्वार्थलाई त्यागेर सामुहिक हित एवं देशको लागि लाग्नु पर्ने बताएकाछन् । तर एमाले पार्टीका नेताहरुको आचारण चै कसले सुधारी दिने हो त्यो चै उनले कार्यक्रममा बोलेनन् ।

इन्चार्ज ढुङ्गेलले , “परिवर्तन आफैबाट सुरु गर्नुपर्छ, आजदेखि तपाईहरुले आफ्नो खल्तीमा एउटा ऐना बोक्नुस् र दैनिक हेुर्नस्, म हिजो कस्तो थिएँ आज कस्तो भए र भोली कस्तो हुनेछु, भनेर नियाल्नुस्, आफैलाई परिवर्तन गर्नुस् र समाज अनि देश परिवर्तन गर्न सकिन्छ ।”

जो पायो त्यहीँ व्यक्ति एमाले बन्न नसक्ने भन्दै जो व्यक्ति राष्ट्रवादी छ, देशभक्त छ, देश र जनताको हितको पक्षमा लाग्छ, त्यस्ता व्यक्ति मात्रै एमाले बन्न सक्ने भन्दै नयाँ प्रवेशीहरुलाई उकास्दै थिए । काम केही नगर्ने, चुपचाप बस्ने मानिस पार्टीलाई काम लाग्दैन भन्दै उनले अहिले प्राध्यापकदेखि मजदुरसम्मले देशको हितमा लाग्ने पार्टी एमाले मात्रै हो भनेर भन्न सक्ने अबस्थामा पुगेको उल्लेख गरे । तर तिनै मजदुरको रोटीरोटी खोज्न नेपाली काँग्रेसलाई साथ दिएर राष्ट्रिय उद्योगहरु बन्द गराएको भन्ने आट चै गरेनन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend