logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

डडेलधुरामा पहिरो जाँदा केआईसिंह राजमार्ग अवरुद्ध


  • जन आकाश
  • आइतबार, भाद्र २४ २०८०

धनगढी । अविरल वर्षापछि पहिरो जाँदा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ ।



राजमार्गको डडेलधुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ रडुवामा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको हो । शनिबार रातिदेखि लगातार रुपमा आइरहेको वर्षाले गर्दा अवरुद्ध पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा दुईतर्फी बाटो बन्द भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डिएसपी)  मनोहरप्रसाद भट्टले जानकारी दिए । वर्षा नरोकिएको हुँदा पहिरो हटाउन नसकिएको उनको भनाइ छ ।

प्रहरीका अनुसार राजमार्गको माथिबाट पहिरोले ढुङ्गा र रुखहरू बगाएको छ । वर्षा नरोकिएको र पहिरो जाने क्रमसमेत जारी रहेकाले सडक मर्मतको काम सुरुसमेत भएको छैन । वर्षा रोकिएपछि मर्मतको काम सुरु गर्ने प्रहरीले जनाएको छ ।

तीन पहाडी जिल्ला डोटी, अछाम र बाजुरा जोड्ने राजमार्ग अवरुद्ध भएपछि आवतजावत रोकिएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend