logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

पूर्वराष्ट्रपति यादव अस्पताल भर्ना


  • जन आकाश
  • सोमबार, भाद्र २५ २०८०

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादव अस्पताल भर्ना भएका छन् ।



उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि उहाँलाई आइतबार वीर अस्पतालको भीआईपी कक्षमा भर्ना गरिएको हो । वीर अस्पताल पुगेर स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

स्वास्थ्यमन्त्री बस्नेतले पूर्वराष्ट्रपति यादवसँगै वीर अस्पतालमै उपचाररत कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवलाई पनि भेटेर स्वास्थ्य अवस्था जानकारी लिएको उहाँको सचिवालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend