logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मिदास टेक्नोलोजी अस्पतालले “ नयाँ अस्पताल एप” मार्फत सेवा सुरु गर्ने


  • जन आकाश
  • सोमबार, भाद्र २५ २०८०

काठमाडौँ । नेपालको प्रतिष्ठित अस्पताल मध्येको कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ मोबाइल अस्पताल एप  सञ्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन् ।



बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ र खरिद गर्नुका साथै प्रयोगशाला रिपोर्टहरू पनि एप बाटै प्राप्त गर्ने सक्ने छन् । यसै गरी नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बिमा भएका प्रयोगकर्ताहरूले  समेत अस्पतालको निःशुल्क टिकट बुक गर्न र  आफ्नो बिमा जानकारी राखेर प्रमाणीकरण गर्न  पनि  सक्ने छन् ।

यो सेवाले अपोइन्टमेन्ट लिन अस्पतालसम्म पुग्ने समय र अस्पताल पुगेर लाममा पर्खनु पर्ने झन्झटलाई कम गर्ने छ ।  यसले अस्पतालको सेवालाई  समेत थप पहुँचयोग्य र सुलभ बनाउन सहयोग पुग्ने छ ।  लामो समयदेखि बिरामीहरूलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आएको कोशी अस्पतालले मोबाइल एप मार्फत समेत सेवा थालेर आफ्नो सेवालाई थप उन्नत बनाएको छ ।

आइएमई ग्रुप अन्तर्गतको मिदास टेक्नोलोजीज स्वास्थ्य सेवालाई सूचना प्रणालीमा आबद्ध गर्ने अग्रणी सेवा प्रदायक संस्था हो ।  यसले २०० भन्दा बढी अस्पतालहरूलाई सेवा प्रदान गरिरहेको छ । स्वास्थ्य सेवाको आधुनिकीकरण र सुधार गर्न खोज्ने अस्पतालहरूका लागि मिदास विश्वसनीय साझेदारको रूपमा अघि बढेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend