logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नइ प्रकाशनद्वारा एकसाथ पाँच कृति लोकार्पण


  • जन आकाश
  • मंगलबार, भाद्र २६ २०८०

काठमाडौं– नइ प्रकाशनद्वारा एकसाथ पाँच कृतिको लोकार्पण गरिएको छ । वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई. शङ्कर गिरीले नइ प्रकाशनबाट प्रकाशित पाँच वटा कृतिको लोकार्पण गरेका हुन् ।



वानीरा फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा इन्दिरा प्रसाईद्वारा लिखित ‘बघेनी’ नामक प्रयोगवादी कथासङ्ग्रह, सुनीता कार्कीको ‘साथ रहोस् नरहोस्’, भगवती बस्नेतको ‘विश्वम्भरा’, ओमकुमारी बञ्जारा रानाभाटको ‘‘ऋतु’ र रश्मि रिमालबाट रचित ‘पर्दाभित्र’ कवितासङ्ग्र कृतिहरूको एकसाथ लोकार्पण गरिएको हो ।

उक्त समारोहमा लोकार्पित कृतिहरूको समालोचक प्रा. केशव सुवेदीद्वारा समीक्षात्मक मन्तव्य प्रस्तुत भएको थियो ।

उक्त अवसरमा कविताकृतिका नारीस्रष्टाहरूबाट आ– आफ्ना कविता वाचन भएको थियो ।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाई तथा कार्यक्रम संयोजक भगवती बस्नेतले नवकृतिहरू र संस्थाको प्रगतिबारेमा जानकारी दिनु भएको वानीरा फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताए ।

सदस्यसचिव प्रसाईका अनुसार वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईबाट फाउन्डेसन भवनको प्राङ्गणमा रहेको नेपाली साहित्यका विश्व नारी रत्न डा. वानीरा गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण गर्दै कार्यक्रम शुभारम्भ गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend