logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

पहिरोको कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध


  • जन आकाश
  • मंगलबार, भाद्र २६ २०८०

चितवन । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।



इच्छाकामना गाउँपालिका-६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए ।

अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिंडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । पहिरो पन्छाउन ‘लोडर’ र ‘एक्साभेटर’ तयारी अवस्थामा रहेको प्रहरी प्रमुख तामाङले बताए । नारायणगढ-मुग्लिन सडकखण्ड पटक-पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend