logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा सम्पन्न


  • जन आकाश
  • बिहिबार, भाद्र २८ २०८०

काठमाडौ । यस सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा २०८० साल भाद्र २७ गते बुधबारका दिन सिटिसी मल, सुन्धारा, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष भोला बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न भयो ।



यस सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने/प्राप्ति गर्ने र सञ्चालक समितिबाट अनुमोदन शेयर आदान प्रदान अनुपात (Share Swap Ratio) १००ः३१ को आधारमा हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाइ प्राप्ति गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको छ ।

कम्पनीको विशेष साधारण सभा सफलता पूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाहगर्ने शेयर धनीहरु प्रति धन्यवाद व्यक्तगर्दछौ । साथै, कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा परोक्ष रुपले सल्लाह, सहयोग, मार्गदर्शन गर्ने तथा योगदान दिने सम्बद्ध सबैलाई हार्दिक धन्यबाद व्यक्त गर्दछौ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend