जन आकाश
देवजङ्ग शाही ।
काठमाडौं । महिला वा किशोरी महिनावारी हुनु भनेको प्राकृतिक रुपमा सरसफाई हो । यसलाई नकारात्मक रुपमा लिनु पर्ने, अपहेलित गर्नु पर्ने कुरा नै छैन । छुई अथवा महिनावारीमा उनिहरुलाई कसैले छुन नहुने र घर परिवारदेखि अलग्गै बस्नुपर्ने प्राचीनकालदेखि नै चलिआएको थियो तर अहिलेको विज्ञान तथा प्रविधिको युगमा प्राय जसो मानिसहरु शिक्षित भयता पनि कर्णाली प्रदेशका अधिकांस जिल्लाहरुमा यथावत छ ।
विशेषगरि जाजरकोट, कालिकोट, जुम्ला, मुगु र हुम्लामा यस्तो प्रथा कायमै रहेको छ । यो जिल्लाहरुमा महिला वा किशोरी महिनावारी हुदा कुनै पनि सरसामान छुनु हुँदैन , केटा मान्छेलाई छुनु हुदैन , दहि, दुध खाएमा देउता रिसाउछन भन्ने सोचाइ र घर भन्दा केही टाढा त्यही पनि असुविधाजनक घर, गोठ बनाएर राख्ने अन्धविश्वास रहेको छ । महिला वा किशोरीलाई महिनावारी भएको बेलामा छाउगोठमा नबसेमा घरकै मानिसले पनि घृणा गरेका हुन्छन् र छाउगोठमा बस्दा कतिपय महिला विभिन्न रोगको संक्रमणले ज्यान गुमाउनुका साथै बाघ, भालु ,सर्प जस्ता डरलाग्दा जनावरको सिकार बन्नुपरेको छ, महिनावारी भएको बेलामा महिलाले घरमा बस्न नहुने परम्पराका कारण ज्यान जोखिम मात्रै होईन अधिकांस नारीहरुले ज्यान गुमाउनुपरेको छ ।
महिला वा किशोरी महिनावारी हुँदा धेरै कम्जोर शरीर रहेको हुन्छ , यो अवस्थामा उनिहरुलाई आराम चाहिन्छ , नबुझेर गाउँघरमा ज्यान थकित हुँदा सम्म काम गर्न लगाउने चलन छ। यति बेला पोषणयुक्त खानेकुराको आवश्यक पर्छ , तर हाम्रो कर्णालीका गाउँघरमा पेटभरी चारो दिने चलन रहेको छैन । यो जिल्लाहरुका मानिसहरुले धेरै जसो कुरा रुढीबादी परम्पराका कुराले गर्दा जुन कुरा बाहिर आउनुपर्ने हो त्यो कुरा लुकाउने गरेको पाइन्छ ,छाउपडी प्रथाका कारण किशोरीले छाउगोठमा नै ज्यान गुमाउनु ,बलात्कृत हुनु, विभिन्न यौनजन्य तथा अन्य हिंसा भोग्ने गरेको भए पनि थोरै मात्र घटना यो जिल्लाहरुबाट बाहिर आउने गरेको छ ।
सरकारी तथा गैरसरकारी संस्था क्रियाशील नहुनु ,यसमा खटिने कर्मचारीहरुले घुस खानु, महिला माथी अपहेलितको नजरले हेर्ने कारणले कर्णाली प्रदेशमा बारम्बार यस्तो घटना दोहोरिने गरेको छ । कयौं पटक सरकार परिवर्तन हुन्छ तर सरकारका नीति कार्यक्रममा भने कर्णालीमा कुप्रथाका रूपमा रहेको छाउपडी प्रथा प्राथमिकतामा परेको छैन । यति विकराल रूपमा जरा गाडेको प्रथाविरुद्ध यहाँका उम्मेदवारहरूले समेत यस विषयमा एजेण्डा बनाउँदैनन् ।
आखिर् त्यही महिनावारी भएकी किशोरी , महिलाहरुको भोट चाहिँ आवश्यक पर्ने । उनिहरुको यस्तो दयनीय अवस्थाको आवाजलाई चाहिँ वास्ता नगर्ने उमेदवार कस्ता होलान् यस्तो समस्या हामी सबैको लागि दयनीय रहेको छ । अहिले कर्णालीमा नमुना देखि विश्वविद्यालयसम्म रहेका छन आखिर खैत रुढीबादी परम्परा हटेको , के हामी किताबमा लेखेको कुरा माटोमा सिमित हुनको लागि पढेको होर पक्कै पनि होइन होला, यदि कुनै कुरा पढिन्छ भने त्यो कुरा लागू पनि हुनुपर्छ । अनि मात्रै त्यो पढाईले प्राथमिकता पाउने छ । अनि अर्को कुरा अहिले नेपाल प्रदेश विभागजन भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend