जन आकाश
काठमाडौं – अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र निर्मल शर्माको टीमले निर्माण गरेको फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आएको छ । काठमाडौंस्थित नयाँ बानेश्वरको शंखमुल जाने बाटोमा आईएनआई सिनेमा हल सञ्चालनमा आएको हो ।
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ कलाकार हरिवंश आचार्यले मल्टिप्लेक्स हलको उद्घाटन गरे ।
यो समूहले काठमाडौं गोंगबु नयाँ बसपार्कको लोत्से मलमा र रुपन्देहीको भैरहवामा आईएनआई क्युबक्स सञ्चालनमा ल्याइसकेको छ ।
‘आइएनआई सिनेमा हल’ मा आजैबाट नेपाली सिनेमा ‘एक भागवत र एक गीता’ ९सामाजिक कथा० र ‘नांङ्गो गाउँ’ सँगै ‘जवान’ र ‘द नन् २’ लगायतका चलचित्र दर्शकले हेर्न पाउने छन् ।
हलमा २ वटा स्क्रिन रहेको छ । जसमध्ये पहिलोमा १७७ र अर्कोमा २१० दर्शक आँट्ने छन् । हल निर्माणका लागि करिब १० करोड खर्च गरिएको बताइएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend