जन आकाश
काठमाडौं । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो दशैं, तिहार तथा छठलाई लक्षित गरेर Celebrate Greatness योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभ भाद्र २६ गतेदेखि नेपालभरी सीमित अवधिका लागि उठाउन सक्नेछन । ग्राहकहरुले Celebrate Greatness योजना अन्तर्गत TCL को कुनै पनि टेलिभिजनको खरिदमा रु.४४,७००सम्मको आकर्षक छुट पाउन सक्नेछन ।
त्यस्तै वाशिङ मेसिन खरिदमा रु .१४,४०० सम्मको छुटका साथै ६ केजीको एरियल मेटिक पाउडर उपहार पनि पाउन सक्नेछन । यसका साथै ग्राहकहरुले त्ऋी को सम्पूर्ण क्याटागोरीको एयर कन्डिसनरको खरिदमा रु। ५६,८०० सम्मको आकर्षक क्यासब्याक प्राप्त गर्नुका साथै रु ४,००० बराबरको निःशुल्क एसि जडान सुबिधा पनि पाउन सक्नेछन ।
र ग्राहकहरुले TCL को साइड बाइ साइड रेफ्रिजरेटरको खरिदमा रु. ३१,८०० सम्मको आकर्षक क्यासब्याक पाउनुका साथै सिजि इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्ने सक्नेछन । साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुबिधा पनि प्रदान गरेको छ । त्यसै गरि शुन्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले सिजि लोयल्टी क्लबको रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुर स्थित होटल विभान्तामा २५५ सम्म छुट पाउन सक्नेछन् ।
यी सुबिधाका लागि ग्राहकहरुले www.cgelex.com मा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन । नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend