जन आकाश
काठमाडौं । ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइँदैछ ।
नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरिएको हो ।
२०२२ सालदेखि भदौ ४ गते मनाउन शुरू गरिएको बाल दिवस २०६३ सालपछि भने भदौ २९ गते मनाउन थालिएको हो । नेपालमा बालदिवस पूर्व बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहले सुरू गरेको इतिहास छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend