logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मानव बेचबिखन : पाँच वर्षमा एक हजार ६ सयको उद्धार


  • जन आकाश
  • आइतबार, भाद्र ३१ २०८०

काठमाडौँ । पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका एक हजार छ सय ७९ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार आर्थिक वर्ष २०७५ /७६ देखि आव २०७९/८० सम्ममा बेचबिखनमा परेका उनीहरुको उद्धार गरिएको हो ।



ब्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार एक हजार एक सय ३४ जनाको विभिन्न जिल्लास्थित प्रहरी कार्यालयबाट उद्धार गरिएको छ । ब्यूरोकै पहलमा पाँच सय ४४ जनाको उद्धार गरिएको छ । यसरी उद्धार गरिएकामध्ये एक हजार ७८ महिला तथा छ सय पाँच पुरुष रहेका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा बेचबिखनमा परेका मध्ये दुई सय १४ जनाको उद्धार गरिएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए । यस्तै आव २०७९र८० मा तीन सय ३६ जनाको उद्धार गरिएको थियो । वैदेशिक रोजगारीका नाममा बेचबिखन बढ्दो रहेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend