जन आकाश
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले असोज ३ र ४ गते सन्चालन हुने अल्टिमा अनलाईन मेलामा “एकको डबल” अफर सार्वजनिक गरेको छ ।
अल्टिमाले आफ्नो वेबसाइटको लन्चको अवसरलाई लक्षित गर्दै सन्चालन गर्ने“अल्टिमा अनलाईन मेला” मा ( बिहान ९ देखी ११ सम्म र साझ ६ बजे देखी राती ८ बजे सम्म एउटा अल्टिमा atom 520 वा अल्टिमाatom320 earbuds खरिद गर्ने ५०० जना सेवाग्राहीलाई अर्को एयरबड निशुल्क प्रदान गर्ने व्यबस्था गरेको छ ।
साथै अन्य अल्टिमाका gadgets हरुमा आइएमई पे मार्फत भुक्तानी गर्दा २५% छुट प्राप्त हुनेछ । अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाई सम्म लैजान तथा ग्राहक वर्गलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको जानकारी आइएमई पेले का सीइओ प्रविन रेग्मीले दिएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend