logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

राष्ट्रिय सुसेली मञ्चकाे दर र सुसेली कार्यक्रम 


  • जन आकाश
  • मंगलबार, असोज २ २०८०

काठमाडौ । मिति २०८० भदौ २९ गते बुधबार राष्ट्रिय सुसेली मञ्च नेपालकी उपाध्यक्ष सुशीला ढकाल अधिकारी श्रीको सभापतित्व, मञ्चकी संरक्षक वरिष्ठ कवि साहित्यकार गंगा लिगलको प्रमुख आतिथ्य तथा केन्द्रीय सदस्य सुचिता काफ्ले र विमला ढकाल समिक्षाको संचालनमा सुख शान्ति मिडियाको हल माछापोखरीमा तीजको दर, नाचगान सहित सुसेली गायन कार्यक्रम ७० जना दर खाने र खुवाउने कवि साहित्यकार तथा दाजुभाइ र दिदिबहिनीहरूको उपस्थितिमा  सम्पन्न भएको छ ।



तीजको दर विशेष सुसेलीको कार्यक्रममा उपस्थित महिला दिदीबहिनीहरूमा चन्द्रा न्यौपाने, सफलता न्यौपाने, पुनम घिमिरे, सभ्यता न्यौपाने , मन्जु थापा, सरस्वती कोइराला, प्रीया पोखरेल, गीता अर्याल, इन्दिरा रेग्मी, विमुन्स पौडेल, पार्वती घिमिरे पौडेल, सुमित्रा श्रेष्ठ, सुशीला शर्मा धमला, कल्पना भट्टराई, सिता घिमिरे, डा.सिता विष्ट कार्की, द्वारिका कुइँकेल, शारदा आचार्य, सुधा बास्कोटा ढकाल, शोभा गौतम, रमा ढकाल, सरस्वती गौतम, गङ्गा आचार्य सापकोटा, दिक्षा भण्डारी, ओमकुमारी बन्जरा रानाभाट, चन्द्रकला आचार्य, सरिता थापा मगर, सिता पाण्डे, टीकासुदीश निरौला, शीला अधिकारी, नम्रता उप्रेती लगायत ५० जना हुनुहुन्थ्यो ।

जन आकाश मिडियाले यही तीजलाई लक्षित गरेर बनाएको कवि चन्द्रावती अधिकारी द्वारा रचित “नाच्दैछन् वेली, नाच्छन् चमेली” बोलको सुसेली तीज गीत लगायत अन्य तीज गीतहरू र सुसेली गायनमा नाचेर उत्साह भरेको यो कार्यक्रम अत्यन्तै उल्लासमय रहेको थियोे । दिदीबहिनीहरू संगै दर खुवाउन उपस्थित दाजुभाइको समुहले कार्यक्रममा आवश्यक सर सहयोगका साथै भिडियो बनाउने र बिचबिचमा नाच्ने गाउने गर्नुभएको थियो ।

प्रमुख अतिथि गंगा लिगलले तीजको विशेषता, पौराणिकता तथा महत्त्वका विषयमा चर्चा गर्नु हुँदै तीजको ऐतिहासिक महत्त्व बुझेर अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । सुसेली मञ्चले गरेको तड्क भड्क बेगरको यस किसिमको दरको कार्यक्रम सबैले अनुसरण गर्नुपर्ने कुरामा जोड दिँदै अत्यन्तै उल्लासपूर्ण कार्यक्रम आयोजना गरि महिला दिदीबहिनीहरूमा उत्साह भर्ने कामका लागि राष्ट्रिय सुसेली मञ्च परिवार र आवद्ध सबैलाई धन्यवाद दिनुभयो ।

कार्यक्रमको समापन पुर्व आजका सभापति तथा सुसेली मञ्चकी उपाध्यक्ष सुशीला ढकाल अधिकारीले सुसेली तीज गीतको म्युजिक भिडियो बनाएर युटुब मार्फत सार्वजनिक गर्नुभएकोमा जन आकाश मिडिया परिवार सहित डाइरेक्टर मोहन कार्की र उत्कृष्ट सुसेलीमा पर्न सफल कवि चन्द्रावती अधिकारी लगाएत सम्पूर्ण सहभागी कवि दिदिबहिनीहरूमा बधाई, कार्यक्रम स्थल र दरको व्यवस्थापनका लागि सुसेली मञ्च, आधुनिक साहित्य परिषद र सुख शान्ति मिडिया प्रति आभार व्यक्त गर्दै सभाको विसर्जन गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend