जन आकाश
काठमाडौं । २०८० भदौ ३१ गतेका दिन बसेको सञ्चालक समितिको ५५औँ बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा लेखनाथ पोखरेललाई मिति २०८०/०५/३१ गतेदेखि लागू हुने गरी नियुक्त गरेको छ ।
यस अघि निजले नेपाल एसबिआई बैंक लि.को वित्त, लेखा परिक्षण र मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थियो । बैकिङ्ग तथा वित्तीय क्षेत्रमा १० बर्ष भन्दा बढीको कार्य अनुभव सँगालेका पोख्रेल स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व हुन् ।
नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं मर्चेण्ट बैंकिङ्गबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेछ भन्नेमा यस मर्चेण्ट विश्वस्त रहेको छ ।
नेपाल एसबिआई बैंकको सहायक कम्पनीका रूपमा रहेको यस मर्चेण्टको चुक्ता पूँजी रु २० करोड रहेको छ । मर्चेण्टले नेपाल धितोपत्र बोर्डबाट अनुमतिलिई कोष व्यवस्थापन,लगानी व्यवस्थापन, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङ्ग लगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend