जन आकाश
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ । हाल देशका अधिकांश भू-भागहरुमा आन्शिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी र सुदूर पश्चिम प्रदेशहरुका एक वा दूई स्थानमा मेघ गर्जनरचटयाङ हल्का वर्षा भैरहेको छ ।
आज बिहीबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरुका केही स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशहरुको एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ ।
राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरुका केही स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशहरुको एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend