जन आकाश
काठमाडौं । संचारको निरन्तर विकसित प्ररिदृश्यमा ,Sparrow SMS एसएमएस सेवा प्रदान गर्दै विगत १३ वर्ष देखि स्थापित कम्पनी हो । सन् २०१० मा जब Sparrow SMS संचालनमा आयो, नेपाल निकै कठिन समयबाट गुज्रिरहेको थियो जसमा दैनिक १४-१८ घण्टा लोडशेडिङ, निरन्तर हडताल तथा नेपाल बन्द जस्ता कार्यक्रमहरुले दैनिक कार्य संचालनमा कठिनाई थियो ।
उक्त समयमा नेपालमा नगण्य रुपमा स्मार्टफोनको उपलब्धता थियो, साथै ईन्टरनेट पनि सीमित र एकदमै महँगो सेवा थियो । जसले गर्दा सजिलै सूचनाको पहुँचबाट धेरै बन्चित थिए । Sparrow SMS ले यसै कठिनाईलाई मध्यनजर गरी सूचनामा सजिलो पहुँच पुर्याउन SMS मार्फत सस्तो र भरपर्दो प्रविधि विकास गरी साना तथा ठूला व्यवसायी, सरकारी र गैरसरकारी निकायलाई सुलभ रुपमा सेवा उपलब्ध गराउँदै आएको छ ।
Sparrow ले वैदेशिक रोजगार विभागसँगको सहकार्यमा सुरु गरेको वैदेशिक रोजगारीमा जानु अघिको श्रम स्वीकृतिको विवरण SMS मार्फत प्रमाणिकरण गर्ने प्रणालीले लाखौँ सोझासाझा वैदेशिक रोजगारीमा जाने कामदारलाई ठगीनबाट रोकेको छ । यो सेवा संचालनको सुरुवाती समयमा नै १० लाखभन्दा बढी विवरणहरु SMS मार्फत प्रमाणिकरण हुन आएको थियो। यस कारण यो प्रविधि Safe Migration का लागि क्रान्तिका रुपमा स्थापना भई Sparrow लाई दक्षिण एसियाकै उत्कृष्ट एमबिलियन्थ अवार्ड (mBillionth Award) समेत प्राप्त भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend