logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित


  • जन आकाश
  • बिहिबार, असोज ४ २०८०

काठमाडौँ । शिक्षक आन्दोलनका कारण ट्राफिक जाम भएकाले नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ । पार्टी कार्यालय आलोकनगरमा साढे १० बजे बस्ने गरी बोलाएको बैठक नेताहरू बैठकस्थलमा आउनै नसकेपछि स्थगित भएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।



‘शिक्षक आन्दोलनका कारण सडक अस्तव्यस्त भयो, नेताहरू आउनै सकेन्न् त्यसैले बैठक स्थगित भयो’, खतिवडाले भने, ‘शनिबार बैठक बस्ने गरी स्थगित भएको छ ।’ बैठकमा अपानी र असोज १४ देखि सुरु हुने मेचीकाली अभियानको तयारीबारे छलफल हुने बताइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend