logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

ललितपुरमा वडादशैं जुत्ता चप्पल व्यापार मेला असोज १० गतेवाट हुने


  • जन आकाश
  • सोमबार, असोज ८ २०८०

काठमाडौ । “नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने नारा सहित यहि असोज १० गतेवाट जुत्ता चप्पल मेला आयोजना हुन गईरहेको जुत्ता चप्पल उत्पादक संघले जानकारी दिएको छ ।
उनिहरुले भनेकाछन् । उद्योगी व्यावसायीहरुको समुह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी व्राण्डहरुलाई आम उपभोक्ताहरुको वीचमा परिचित गराउने, उपभोक्ताहरुको वीचमा पु¥याउने र आम उपभोक्ताहरुलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई  स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरुको रुची जगाउने उद्देश्यका साथ देशका प्रमुख सहरहरुमा विभिन्न खालका मेला महोत्सवहरु आयोजना गर्दै आईरहेको र यसै सिलसिलामा यही २०८० आश्वीन १० गते देखि कार्तिक ३ गते सम्म वागमत्ति प्रदेश ललितपुर जिल्लाको प्रमुख सांस्कृतिक सहर ललितपुर महानगर पालिका अन्तरगत जाउलाखेल खेल मैदानमा बडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० आयोजना हुन गईरहेको बिषयमा पत्रकार सम्मेलन गरी ८ गते  उक्त जानकारी गराएको थियो ।
मेला २०८० साल असोज १०  गतेवाट कार्तिक ३ गतेसम्म चल्ने आयोजक तथा मेला संयोजक समेत रहेका होमनाथा उपाध्यायले जानकारी दिएका थिए । मेला संयोजकले मेला विहान ९.०० वजे देखि वेलुकी ७.०० वजे सम्म खुल्ला रहनेछ पनि उल्लेख गरेकाछन् । मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु  रोयल शु इण्डष्ट्रिजको उत्पादन –रोयल शुज, वेश फुटवेयरको उत्पादन – वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको – क्रस रोड शुज, शुभकामना फुटवेयरको – फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल, आर.डि.कलेक्सनको – हाई लाईफ, केटिएम शुजको –केटिएम, डि.जे. शुज कम्पनीको – डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल टे«ड लिंक्सको– उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरि ११ वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहने उल्लेख छ ।
मेलामा ३ हजार भन्दा वढि मोडल र डिजाइनका जुत्ताहरु उपलव्ध हुने, मेलामा नेपाली  र गुणस्तरीय उत्पादन प्रदर्शनमा राख्ने, नयां उत्पादनहरु उक्त मेलामा सार्वजनिक गरिने, मेला अवधि भर विषेश छुटको व्यवस्था रहने, न्युनतम २० प्रतिशत देखि कतिपय उत्पादनहरुमा ५० प्रतिशत सम्म छुट खरिद गर्न सकिने उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend