जन आकाश
काठमाडौ । नेकपा (एमाले) को पहिलो अधिविशेन आज सम्पन्न हुदैछ । देश संघियतामा गएपछि पहिलो पटक प्रदेशस्तरीय पार्टीले प्रदेशको नेतृत्व छान्न लागोको हो । जसमा अध्यक्षको लागि पाँचजनाको नाम परेको छ । केन्द्रीय सदस्य समेत रहेका कैलाश ढुङगेल,कृष्ण दाहाल, केशव पाण्डे, केशव बुद्धाथोकी, सानु श्रेष्ठले मनोनयन दर्ता गराएकाछन् । नेकपा एमाले निर्वाचन कमिटीले आज १० बजेसम्ममा दावी विरोध तथा उम्मेद्धारी फिर्ताको समय तोकेको छ ।
नेताले नेता छान्ने नेपालका पार्टीहरुको निर्वाचनमा खासै त्यति उत्साह देखिदैन । तर बागमती प्रदेश आफैमा महत्वपूर्ण छ । नेपालको राजधानि अर्थात संघिय प्रशासन सिहदरवारमा रहेको छ । त्यो बागमटी प्रदेशमा पर्दछ । बागमतीमा १३ वटा जिल्लाहरु रहेकाछन् । जसमा चिनसँग जोडिका जिल्लाहरु जस्तै दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ छन् । बागमति प्रदेश अन्तराष्ट्रिय त्यो पनि अत्यत्तै शक्तिशाली चीनसँग सीमाना जोडिएको हुदा र केन्द्रीय राज्य प्रणालीसँग जोडिएको हुदा बागमती प्रदेशमा हुने देशका राष्ट्रिय पार्टीका प्रदेश अधिवेशनहरुलाई राष्ट्रिय–अन्तराष्ट्रि चासोको रुपमा हेरिएको छ ।
त्यसकारण पनि नेकपा(एमाल)का बागमती प्रदेशका अध्यक्षका उम्मेद्धारहरुले आ–आफ्ना धारणा सार्वजानिक गरिरहेकाछन् । रामेछाप जिल्लावाट प्रतिनिधिसभा सदस्यका उम्मेद्धार समेत भईसकेका बागमती प्रदेश आर्थिक तथा योजना मन्त्री भईसकेका कैलाश ढुङगेलले पार्टीको विचारलालाई धारिलो, जनताको सीप, उत्पादनलाई जोडेर देशको विकासमा लाग्ने विचार राखेकाछन् । उनले सञ्चारकर्मीहरुसँग उक्त धारणा राखेका हुन् ।
त्यसैगरी अन्य उम्मेद्धाररुले पनि आ–आफ्नो धारणा राखेकाछन् । तर स्पष्ट र नीतिगत विचार आएका छैनन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend